शनिबार, कार्तिक १५, २०८३ | Saturday 31st October 2026

माथिल्लो तामाकोशीको लागत अनुमानभन्दा तीन गुणा बढ्यो, व्याजमात्रै २० अर्ब नाघ्ने

  • प्रकाशित मिति : शनिबार, फाल्गुन २९, २०७७



  • काठमाडौं। राष्ट्रिय गौरवको माथिल्लो तामाकोशी जलविद्युत आयोजना तोकिएको समयको दोब्बर समय बित्दा पनि सम्पन्न हुन सकेको छैन। ४ सय ५६ मेगावाट क्षमताको माथिल्लो तामाकोशी जलविद्युत आयोजना निर्माणको अन्तिम चरणमा भनेर धेरै पटक भनियो तर हालसम्म आउँदा योजनाको न त काम नै सम्पन्न हुन सकेको छ न विद्युत उत्पादन नै।

    प्राय: ठूला योजनाहरु विदेशी लगानीमा निर्माण हुन्छन्। माथिल्लो तामाकोशी यस्तो योजना हो जसमा स्वदेशी लगानी छ। अपर तामाकोशी आयोजनाले नेपाल सरकार, कर्मचारी सञ्चय कोष, नागरिक लगानी कोष, नेपाल टेलिकम, राष्ट्रिय बीमा संस्थान लगायत संस्थाहरुसँग ऋण लिएर आयोजना निर्माण गरिरहेको छ।

    जति समय बढ्दै गयो उति लागत र व्याज पनि बढ्दै गइरहेको छ। यसले कम्पनीको भविष्यमा असर पार्ने भएकाले नेपाली लगानीकर्ताहरुलाई स्वदेशमा लगानी गर्न निरुत्साहित गर्छ। आयोजनाको शुरुवातमा ५ वर्षमा निर्माण सम्पन्न गर्ने लक्ष्य राखिए पनि हालसम्म एक दशक समय बितिसकेको छ। तर, अझै विद्युत उत्पादन हुन सकेको छैन। ५ वर्षमा सम्पन्न गर्ने लक्ष्यसहित २०६७ साल साउन महिनामा आयोजनाको काम शुरु गरिएको थियो। तर, साढे १० वर्ष बित्दा पनि निर्माण सम्पन्न हुन सकेको छैन।

    आयोजनाको निर्माण समयमा हुन सकेको छैन भने अर्कोतिर लागत एकदमै धेरै बढ्न गएको छ। पहिले विनाशकारी भूकम्पले असर गर्यो त्यसपछि विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको प्रभाव परेकोले पनि योजना समयमा सम्पन्न हुन नसकेको आयोजनाका प्रवक्ता गणेश न्यौपानले बताए। ठेक्कासँग सम्बन्धित सामानहरु समयमै प्राप्त नहुँदा कार्य सम्पादनमा सुस्तता आएको उनको भनाई छ। उनले अब बाँकी रहेका काम एक महिनाभित्र सम्पन्न हुने र नयाँ वर्षदेखि एक यूनिट अर्थात ७६ मेगावट विद्युत उत्पादन थालिने बताए।

    उनले भने ‘मंसिर भित्र नै काम सक्ने योजना थियो। तर, हाइड्रो मेकानिकलको कन्ट्र्याक्टरले समयमा इक्युइमेन्ट उपलब्ध गराउन सकेन। हाल पेनस्टक पाइपहरू जडान गर्ने, ग्राउटिङ र लाइनिङ तथा फिनिसिङका कार्यहरू, अडिटको काम लगाएत विद्युत जडानसम्बन्धी काम पनि अन्तिम चरणमा छ। अबको एक महिनाभित्र जडान कार्य सकिन्छ। त्यसैले पनि अब नयाँ वर्षभित्र विद्युत उत्पादनमा आउनेमा आशावादी बनाएको छ।’ सम्पूर्ण काम सम्पन्न भएर ७६ मेगावाटको पहिलो युनिट विद्युत वैशाखबाट सञ्चालन हुने उनको भनाई छ। माथिल्लो तामाकोशीबाट उत्पादित विद्युुत सिधै राष्ट्रिय प्रशारण लाइनमा जोडिने छ।

    व्याज बढ्दै, लागत ३५ अर्बबाट ८२ अर्ब पुग्ने

    ३५ अर्बमा सक्ने भनिएको आयोजनाको लागत करिब तीन गुणा बढेको छ। निर्माण समय बढेसँगै लागत पनि बढेको छ। आयोजनाको शुरुवातमा करिब ३५ अर्ब २९ करोड लागत आकलन गरिएको थियो। तर, समयमा काम सम्पन्न नहुँदा लागत बढेर ८२ अर्ब पुग्ने प्रक्षेपण गरिएको प्रवक्ता न्यौपानेको भनाई छ।

    आयोजना शुरुवातमा १४ अर्ब व्याजसहित ४९ अर्ब लागत अनुमान थियो। हाल लागत बढेर ५२ अर्ब नाघेको छ भने व्याज मात्रै २० अर्ब भन्दा बढी हुने देखिन्छ। अपर तामाकोशी आयोजनाले नेपाल सरकार, कर्मचारी सञ्चय कोष, नागरिक लगानी कोष, नेपाल टेलिकम, राष्ट्रिय बीमा संस्थान लगायत संस्थाहरुसँग ऋण लिएर आयोजना निर्माण गरिरहेको छ। त्यसैले आयोजना निर्माण सम्पन्न नभएसम्म दिन प्रतिदिन व्याज बढिरहेको छ। हाल आयोजनाको भौतिक प्रगति ९९ दशमलव ८ प्रतिशत रहेको आयोजनाले जनाएको छ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    नेपाली सेनाको प्राड बिबाक जर्नल २०८३ को बिमोचन
    न्यायमा पहुँच बढे मात्रै न्यायपालिकाप्रति जनआस्था बढ्छ : प्रधानन्यायाधीश शर्मा
    जडीबुटी बेचेर चार करोड राजस्व संकलन
    स्पेनमा रेल दुर्घटनामा ६८ जनाको मृत्यु भएपछि तीन दिन राष्ट्रिय शोक घोषणा
    शनिबारसम्म पहाडी भू-भागमा भारी वर्षा हुने
    सहुलियत अनुदानको प्रलोभन देखाएर ५ करोड ८० लाख ठगी गर्ने दुई जना पक्राउ
    काठमाडौंका यी स्थानमा आज ५ घण्टा बत्ती जाने
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८१५ सवारीसाधन कारबाहीमा: मापसे, तीव्र गति र लेन मिच्ने कारबाहीको घेरामा
    गोरखाको सोती–मान्बु जाने पुल बाढीले अवरुद्ध, सुर्खेतमा पहिरोले सडक बन्द
    दमकल जलाउने बहादुरी कि नागरिक सुरक्षामाथिको अपराध ?

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij