आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

प्रहरीले पहिलो पटक बरामद गरेको यूरेनियमको मूल्य ५ अर्ब माथि

  • प्रकाशित मिति : शनिबार, फाल्गुन २९, २०७७



  • काठमाडौं । महानगरीय प्रहरी कार्यालय रानीपोखरीले बौद्धबाट पक्राउ गरेको साढे २ किलो युरेनियमको मूल्य ५ अर्ब भन्दा बढि पर्ने बताइएको छ ।

    यति ठूलो परिमाणमा नेपालमा युरेनियम बरामद भएको यो पहिलो घटना हो ।

    महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रमुख एआइजी हरिबहादुर पालका अनुसार युरेनियम –२३८ सँगै ४ जना पक्राउ परेका छन् ।

    पक्राउ पर्नेहरुमा रामेछाप लिखु तामाकोशीका ४० वर्षीय नारायण सिंह तामाङ र जानुका तामाङ, रामेछाप बाजगोरका २० वर्षीय प्रकाश चौहान र सिन्धुली सुनकोशीका २० वर्षीय मनोज न्यौपाने रहेका छन्।

    बरामद भएको वस्तु प्रशोधन नगरिएको युरेनिययम भएको परीक्षणबाट पुष्टि भएको एआईजी पालले बताए ।

    जफत भएको युरेनियम प्राकृतिक युरोनियम हो। युरेनियम २३८ लाई प्रशोधन गरेर युरेनियम २३५ बनाइन्छ। एक किलोग्राम युरोनियम २३५ बाट निस्किने ऊर्जा तीन लाख टन कोइलाबाट निस्किने ऊर्जा बराबर हुने मानिन्छ।

    १० ग्राम युरेनियम २३५ को मूल्य २० लाख ९ हजार डलर अर्थात् १८ करोड रुपैयाँभन्दा माथि पर्न जान्छ।

    पक्राउ परेकाहरु लाई विस्फोटक पदार्थसम्बन्धी ऐनअनुसार कारबाही हुने प्रहरीले जनाएको छ ।

     

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij