आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

उपत्यकाका दुई डिएसपीसहित एक सय ४८ प्रहरी कारबाहीमा

  • प्रकाशित मिति : आइतवार, चैत्र १, २०७७



  • काठमाडौं, २९ फागुन ।
    पछिल्लो तीन महिनामा उपत्यकाका कार्यरत उक सय ४८ जना प्रहरी कारबाहीमा परेका छन् । कारबाहीमा पर्नेमा दुई डिएसपी समेत छन् ।
    महानगरीय प्रहरी कार्यालयले शुक्रबार सार्वजनिक गरेको विवरणअनुसार दुई डिएसपी, पाँच इन्सपेक्टर, ६ सइ, ११ असइ, ३२ हवल्दार, ०१ जवान र एक कार्यालय सहयोगी कारबाहीमा परेका छन् ।

    तीन महिनाको अवधिमा दुई सय एक प्रहरी पुरस्कृत भएका छन् । जसमा एक डिएसपी, १२ इन्सपेक्टर, २१ सइ, १९ असइ, २९ हवल्दार एक सय ७ जवान र तीन कार्यालय सहयोगी छन् ।

    महानगरीय प्रहरी कार्यालयको नेतृत्व सम्हालेको तीन महिनाको अवसरमा एआइजी हरिबहादुर पालले त्रैमासिक विवरण सार्वजनिक गरेका छन् । तीन महिनाको अवधिमा आठ सय ४१ वटा राजनीतिक कार्यक्रम भएको र त्यसमा सफल रुपमा व्यवस्थापन गरिएको उनको भनाई छ ।
    तीन महिनामा ६ सय ५१ जना फरार अपराधी पक्राउ परेको र ७ करोड ३० लाख जरिवाना असुल भएको छ । अवैध क्यासिनो चलाउने, हुन्डी कारोबार गर्ने तथा कीर्ते गरी जग्गा बेच्ने गिरोह पक्राउ उपलब्धी भएको उनले बताएका छन् ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij