आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

खारेज भएको नेकपाबारे सर्वोच्चको अर्को फैसला

  • प्रकाशित मिति : आइतवार, चैत्र १, २०७७



  • काठमाडौ.। तत्कालिन एमाले र माओवादी केन्द्रबीच एकीकण गरेर बनेको नेकपा सर्वोच्च अदालतकै फैसलाअनुसार खारेज भएर तत्कालिन एमाले र माओवादी केन्द्र सक्रिय भइसकेका छन्। यसरी अस्तित्व नै नरहेको नेकपाबारे सर्वोच्च अदालतले आइतबार अर्को फैसला गरेको छ।

    तत्कालिन नेकपामा ३३ प्रतिशत महिलाको सहभागिता नरहेको भन्दै अधिवक्ता इन्दु तुलाधरले २०७५ जेठ ३१ मा दायर गरेको रिटमाथि आइतबार सर्वोच्चले फैसला गरेको हो। न्यायाधीश हरिकृष्ण कार्की र मनोजज शर्माको एकल इजलासले रिट निवेदकको मागअनुसार हुने फैसला गरेको हो। निवेदकले नेकपाको केन्द्रीय कमिटीमा ३३ प्रतिशत महिला सहभागिता नरहेको भन्दै सो दल निर्वाचन आयोगमा दर्ता नगर्न माग गर्दै रिट दायर गरेकी थिइन्।

    सर्वोच्चको फैसलाले नेकपाको अस्तित्व नै सकिएपछि आएको यो अर्को फैसलाले भने खासै असर गर्ने देखिँदैन। तर, फागुन २३ को फैसलाले भने देशमा तरंग नै उत्पन्न गराइदिएको छ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता
     धनुषामा ३९.३६० ग्राम खैरो हेरोइन सहित १ जना पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij