आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

प्रदेश २ मा कोरोना संक्रमणको त्रास

  • प्रकाशित मिति : सोमवार, चैत्र ९, २०७७



  • काठमाडौ । झन्डै एक वर्षपछि सीमानाका पूर्णरूपमा खुलेपछि प्रदेश २ मा कोरोना संक्रमणको त्रास बढेको छ ।

    भारतका विभिन्न राज्यमा संक्रमित बढिरहेको बेला सीमामा सतर्कता नअपनाउँदा जोखिम बढेको हो ।

    खुला सीमामा कारण कोरोना संक्रमण फेरि नेपाल भित्रिन सक्ने देखिएको छ । कोभिड १९ व्यवस्थापन केन्द्रको बैठकले भारतसँगका नाका खुला गर्ने सिफारिस गरे पनि चिकित्सकले सीमामा सतर्कता अपनाउन सम्बन्धित निकायलाई आग्रह गरेका छन् ।

    छिमेकी मुलुकको स्थितिलाई हेरेर स्वास्थ्य सुरक्षा सतर्कताका उपाय अबलम्बन गर्नेसँगै सीमा क्षेत्रमा हुने आवागमनलाई व्यवस्थित बनाउन स्वास्थ्य निर्देशनालय प्रदेश २ ले तयारी थालेको छ ।

    त्यस्तै प्रदेश २ का ८ वटै जिल्लामा नाकामा कडाइ गर्नका लागि मौखिक तथा लिखित जानकारी गराउने तयारी थालिसकेको निर्देशनानलयले जानकारी दिएको छ ।

    यता, नाकामा कडाई गरेपनि चोर बाटो प्रयोग गरेर भित्रिन सक्ने सम्भावना पनि रहेको छ । प्रदेशमा हाल सम्म १७ हजार २१३ जना संक्रमित भेटिएका छन् ।

    उनीहरुमध्ये २०९ जनाको मृत्यु भएको छ । १६ हजार ९ सय ८४ जना निको भएका छन् ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता
     धनुषामा ३९.३६० ग्राम खैरो हेरोइन सहित १ जना पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij