आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

मोटरसाइकल नदिएको भन्दै बुहारीलाई आगो लगाउने ससुरा सात वर्षपछि पक्राउ

  • प्रकाशित मिति : बुधबार, चैत्र ११, २०७७



  • काठमाडौं । भनेजति दाइजो नल्याएको भन्दै बुहारीको हत्या गर्न मट्टितेल खन्याएर आगो लगाई फरार भएका एक अभियुक्त सात वर्षपछि पक्राउ परेका छन् ।

    पक्राउ पर्नेमा नरैनपुर गाउँपालिका २ लक्ष्मणपुरका ७५ वर्षीय हनिफ शेष ढपाली छन् ।

    ज्यान मार्ने उद्योगका अभियुक्त हनिफ नरनपुर गाउँपालिका १ सुइयामा लुकीछिपी बसेको सूचना पाएपछि प्रहरी परिचालित भएको थियो ।

    डुडुवा गाउँपालिका ६ माइती भएकी २३ वर्षीया बुहारी रिहाना शेष (ढपाली) हत्या अभियोगमा प्रहरीले उनलाई पक्राउ गरेको हो ।

    हनिफसँग उनकी पत्नी सहजाद खा र रिहानाका पति फरिदले हत्याको प्रयास गरेका थिए ।

    सहजाद र फरिद अझै फरार रहेको बाँके प्रहरी प्रमुख एसपी ओमबहादुर रानाले बताए ।

    हनिफलाई बुधबारै बाँके जिल्ला अदालतमा बुझाइएको इलाका प्रहरी कार्यालय भगवानपुरका इन्जार्च प्रहरी निरिक्षक वसन्त गौतमले जानकारी दिए ।

    उनीहरुले रिहानासँग विवाहका बेला दाइजोमा मोटरसाइकल तथा नगद माग गरेको र नदिएपछि सुतिरहेको ठाउँमा मट्टितेल छर्केर आगो लगाएको प्रहरीले जनाएको छ । नयाँ पत्रिका

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता
     धनुषामा ३९.३६० ग्राम खैरो हेरोइन सहित १ जना पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij