आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

‘संक्रमण दर उच्च भए लकडाउन’

  • प्रकाशित मिति : बिहिबार, चैत्र १२, २०७७



  • काठमाडाै। छिमेकी राष्ट्र भारतका सीमावर्ती भागहरुमा कोरोना संक्रमण तीव्र भएको छ । यसको असर नेपालमा पनि साताभित्रै देखिन सक्छ । केही दिनयता मुलुकभित्र संक्रमितको संख्या पनि बढ्दो देखिएको छ । स्वास्थ्य मन्त्रालयले बुधबार आमजनतालाई सतर्क रहन आग्रह गरेको छ । मन्त्रालयले संक्रमण दर उच्च हुँदै गए लकडाउनसम्म हुनसक्ने संकेत गरेको छ ।

    मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले संक्रमण दर उच्च भएमा लकडाउनसमेत हुन सक्ने भन्दै आमजनतालाई सतर्क हुन आग्रह गरेका छन् । ‘संक्रमण दर उच्च भए त्यसको चेन ब्रेन गर्न लकडाउन पनि गर्नुपर्ने अवस्था आउन सक्छ । अन्य अवस्थामा जनस्वास्थ्य मापदण्ड अपनाएर नियमित काम जारी राख्नुपर्छ, उनले भने । उनले होली पर्व पनि सामाजिक दूरी कायम गरी मनाउन आग्रह गरे ।

    भारतमा संक्रमण बढेका कारण नेपालले सतर्कता अपनाएको राष्ट्रिय इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा प्रमुख डा. कृष्ण पौडेलले बताए । भारतबाट आउने केही पोजेटिभ पनि देखिएको छ । आजको नागरिक दैनिकमा समाचार छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij