प्रकाशित मिति : बिहिबार, चैत्र १२, २०७७
काठमाडौं । काठमाडौंको सिनामंगलस्थित काठमाडौं मेडिकल कलेजमा पूर्वउपराष्ट्रपति परमानन्द झाको पित्तथैलीको सफल शल्यक्रिया गरिएको छ । बुधबार ल्याप्रोस्कोपी विधिबाट शल्यक्रिया गरी पूर्वउपराष्ट्रपति झाको पित्तथैलीको पथरिया निकालिएको काठमाडौं मेडिकल कलेजले जनाएको छ ।
पथरीयाको समस्याले सताएपछि चिकित्सकको सल्लाह अनुसार शल्यक्रिया गराउन पूर्व उपराष्ट्रपति झा मंगलबार केएमसी भर्ना भएका थिए ।
केएमसीका बरिष्ठ सर्जन प्रा.डा.सुमन श्रेष्ठ, डा.प्रविन थापा, डा.युगल लिम्बू, डा.विशाल थापा लगायत चिकित्सकहरुको टोलीले सफलतापूर्वक शल्यक्रिया गरेर पित्त थैलीसहित त्यहाँ भएको पथरिया निकालेको हो । शल्यक्रिया पश्चात झाको स्वास्थ्य अवस्था सामान्य रहेको केएमसीका जेनेरल मेनेजर नारायण दाहालले जानकारी दिए । दाहालका अनुसार झालाई शुक्रबार डिस्चार्ज गर्ने तयारी गरिएको छ ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij