आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

विमानमा एयर होस्टेसको काम गरिरहेकी महिला अमेरिकी प्रथम महिला भएको खुलेपछि…

  • प्रकाशित मिति : आइतवार, चैत्र २२, २०७७



  • काठमाडौं। अमेरिकाकी प्रथम महिला जिल बाइडेन एक उडानमा एयर होस्टेसको काम गरिरहेकी देखिइन् । २ दिनअघि भएको यो घटनामा जिल बाइडेन क्यालिफोर्नियाबाट वाशिङटन गइरहेको जहाजमा एयर होस्टेसको काम गरिरहेको देखिएकी थिइन् । उनले विमानमा रहेका सबै यात्रुहरुलाई आइसक्रिम पनि बाँडेकी थिइन् ।

    खासमा अप्रिल १ का दिन भएको यो घटनामा जिलले सबै यात्रुलाई अप्रिल फूल बनाएकी थिइन् । डेलीमेलको रिपोर्टअनुसार त्यतिबेला जिल बालो नक्कली कपाल, कालो पाइन्ट र सुट अनि कालो मास्क लगाएकी थिइन् । उनले लगाएको नेमप्लेटमा उनको नाम ज्यास्मिन लेखिएको थियो । रिपोर्टका अनुसार आइसक्रिम बाँडेर जाँदासम्म कसैले पनि उनलाई चिन्न सकेनन् । पछि उनी आफ्नो नक्कली कपाल हटाएर आएपछि मात्रै उनलाई यात्रुले चिन्न सकेका थिए ।

    यात्राअघि जिलले क्यालिफोर्नियामा युनाइटेड फर्म वर्कर्सहरुलाई सम्बोधन गरेकी थियन् । उनले एक कोरोना भ्याक्सिन साइटको भ्रमण पनि गरेकी थिइन् । जिलले यस्तो गरेको यो पहिलो पटक भने होइन । यसअघि बाराक ओबामा राष्ट्रपति रहँदा पनि अप्रिल १ का दिन जिल विमानको माथिपट्टि सामान राख्न बनाइएको ठाउँमा लुकेर बसेकी थिइन् । त्यो समयमा उनका पति र हालका राष्ट्रपति जो बाइडेन उपराष्ट्रपति थिए, जिल द्वितीय महिला थिइन् ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता
     धनुषामा ३९.३६० ग्राम खैरो हेरोइन सहित १ जना पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij