आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

कुन सवारी साधनको कति कर तिर्नुपर्छ बागमती प्रदेशमा?

  • प्रकाशित मिति : बुधबार, चैत्र २५, २०७७



  • कुनै पनि सवारी साधन प्रयोगकर्ताले हरेक वर्ष यातायात कार्यालयमा कर बुझाउनुपर्छ।

    सवारी साधनको प्रकार, क्षमता र प्रयोगको प्रयोजन अनुसार सबै करको दर फरक फरक हुन्छ।

    पहिले यस्तो कर नेपाल सरकारले उठाउँथ्यो। देशमा संघीयता आएसँगै सवारी साधन करको जिम्मेवारी प्रदेश सरकार मातहत गएको छ।

    प्रदेशअनुसार एउटै किसिमको सवारी करको दर फरक हुनसक्छ।

    यहाँ हामीले बागमती प्रदेशमा दर्ता भएका निजी सवारी साधनले तिर्नुपर्ने कर उल्लेख गरेका छौं।

    काठमाडौं, भक्तपुर, ललितपुर, चितवन, धादिङ, दोलखा, काभ्रेपलाञ्चोक र मकवानपुर जिल्लामा दर्ता भएका निजी दुईपांग्रे र चारपांग्रेले हाल वार्षिक रूपमा तिर्नुपर्ने कर अन्य प्रदेशका तुलनामा बढी नै छ।

    हेर्नुस् कुन निजी सवारीको वर्षमा कति कर तिर्नुपर्छ?

    मोटरसाइकल/स्कुटर

    रूपैयाँमा

    १२५ सिसिसम्म

    २,८००

    १२६ सिसिदेखि १६० सिसिसम्म

    ४,५००

    १६१ सिसिदेखि २५० सिसिसम्म

    ५,५००

    २५१ सिसिदेखि ४०० सिसिसम्म

    ९,०००

    ४०१ सिसिदेखि ६५० सिसिसम्म

    २०,०००

    ६५१ सिसिदेखि माथि सबै

    ३०,०००

    कार, जिप, भ्यान, माइक्रो बस

    रूपैयाँ

    १००० सिसिसम्म

    २१,०००

    १००१ सिसिदेखि १५०० सिसिसम्म

    २३,५००

    १५०१ सिसिदेखि २००० सिसिसम्म

    २५,५००

    २००१ सिसिदेखि २५०० सिसिसम्म

    ३५,५००

    २५०१ सिसिदेखि २९०० सिसिसम्म

    ४१,०००

    २९०१ सिसिदेखि माथि सबै

    ५८,४००

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता
     धनुषामा ३९.३६० ग्राम खैरो हेरोइन सहित १ जना पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij