आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

विश्वमा नै लोप हुने अवस्थामा पुगेको कछुवाको झापामा संरक्षण गरिँदै

  • प्रकाशित मिति : शुक्रबार, चैत्र २७, २०७७



  • झापा । उभयचर तथा सरिसृप संरक्षण समाज नेपाल (आर्काे) को सहकार्यमा सुखानी सहिद स्मृति प्रतिष्ठानले सन् २०१२ बाट विश्वमा लोपुन्मुख अवस्थामा पुगेका विभिन्न आठ प्रजातिका कछुवा संरक्षण गरेर राखेको छ । प्रतिष्ठानले सञ्चालन गरेको ‘कछुवा उद्धार तथा संरक्षण केन्द्र’ मा अहिले ४० भन्दा बढी कछुवालाई संरक्षण गरेर राखिएको छ ।

    समुदायमा आधारित भएर सञ्चालनमा ल्याइएको कछुवा संरक्षण केन्द्र सुखानी सहिद स्मृति प्रतिष्ठानको तीन विगाह क्षेत्रफलमा फैलिएको छ । यहाँ विश्वमै दुर्लभ मानिएका कछुवासमेत संरक्षण गरेर राखिएको टीआरसीसी टटल्स क्लवका कार्यक्रम निर्देशक सविन अधिकारीले बताउनुभयो । कछुवा उद्धार तथा संरक्षण केन्द्रमा संरक्षण गरेर राखिएका कछुवामध्ये झापाको टाङटिङ, बिरिङ खोलामा मात्र पाइने लोपोन्मुख ध्वाँसे–कडे–पाते कछुवासहित आठ प्रजातिका कछुवा छन् ।

    कछुवा संरक्षणका लागि प्रतिष्ठानले साना ठूला पोखरी, खुला ठाउँ, सुरक्षित घेराबारा, बोटबिरुवा रोपेको छ । जसमा झापाका विभिन्न ठाउँबाट उद्धार गरेर ल्याइएका कछुवा छाडिएको छ । कछुवा संरक्षण तथा प्रजनन केन्द्र सञ्चालनमा आएदेखि जिल्लाको मेची बहुमुखी क्याम्पस, विराटनगर, चितवन, काठमाडौं, धनगढीलगायतका स्थानबाट विद्यार्थी अध्ययनका लागि आउने गरेका छन् । अहिलेपनि दुई जना विद्यार्थीले कछुवाकै विषयमा शोधपत्र पनि तयार पारिरहेका छन् ।

    सविन अधिकारी, कार्यक्रम निर्देशक, टीआरसीसी टटल्स क्लव जिल्लामै पहिलो पटक सञ्चालनमा आएको कछुवा संरक्षण केन्द्रमा राखिएका कछुवाको प्रजनन्समेत भएको छ । लकडाउनको समयमा मानिसको आवागमन कम भएका कारण कछुवाको प्रजनन्मा सहयोग पुगेको बताइन्छ । अहिले यहाँ राखिएका कछुवाका चारवटा बच्चा जन्मिएका छन् ।

    जसलाई प्रतिष्ठानका पदाधिकारीले प्रत्यक्ष निगरानी गरेर हेरचाह गरिरहेका छन् । उभयचर प्राणीमा पर्ने कछुवा विश्वमै मेरुदण्डीय जीवहरुमध्ये अति संकटापन्न अवस्थामा छ । यस्तो अवस्थामा केन्द्रले नेपालमा पाइने मात्र नभइ विश्वमा पाइने कछुवाको पनि संरक्षण गरेको छ । प्रकृतिको पुरानो जीवधारी कछुवा सरिसृप वर्गमा सर्वाधिक बुद्धिमान प्राणी मानिन्छ । पर्यावरण सन्तुलन राख्नसमेत कछुवाको महत्वपूर्ण भूमिका रहने भन्दै अर्जुनधारा नगरपालिकाले कछुवा संरक्षित नगर घोषणाको तयारी गरेको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता
     धनुषामा ३९.३६० ग्राम खैरो हेरोइन सहित १ जना पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij