आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

ह्वात्तै बढ्यो कोरोना संक्रमण, सरकारले केही निर्णय गर्न सक्ने

  • प्रकाशित मिति : सोमवार, चैत्र ३०, २०७७



  • काठमाडौं। नेपालमा कोरोना संक्रमण ह्वात्तै बढेको छ। छिमेकी मुलुक भारतमा कोरोना संक्रमणको दोस्रो लहर फैलिएपछि उच्च जोखिममा परेको नेपालमा अहिले कोरोना संक्रमण ह्वात्तै बढेको सरकारी तथ्यांकले देखाएको छ। गत असोजपछि घट्दोक्रममा रहेको संक्रमण चैत लागेसँगै फेरि बढ्न थालेको हो।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा नेपालमा ५५९ जना संक्रमित थपिएका छन्। पछिल्लो २४ घण्टामा ४ हजार ३७८ जनाको पीसीआर परीक्षण गदौ ४९६ संक्रमित भएको पुष्टि भएको छ भने बाँकी ६३ जना एन्टिजेन परीक्षणमा संक्रमित भएका हुन्। अहिले संक्रमण दर ११ प्रतिशतभन्दा माथि पुगेको छ।

    योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या २ लाख ८० हजार ५२४ पुगेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा सक्रिय संक्रमितको संख्या ३ हजार ३०६ रहेको छ। पछिल्लो २४ घण्टामा १३८ जना निको भएका छन् ।

    हालसम्म संक्रमणमुक्त हुनेको संख्या २ लाख ७४ हजार १६५ पुगेको छ। हालसम्म कोरोनाको कारण ३ हजार ५३ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा कोरोनाबाट थप १३ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ।

    यस्तै, हालसम्म ८५जना क्वारेन्टीनमा रहेका छन्। हालसम्म २३ लाख १७ हजार २८४ जनाको पीसीआर परीक्षण गरिएको छ। कोरोनाको संक्रमण बढ्न थालेपछि सरकारले स्वास्थ्य मापदण्डमा कडाइ गर्ने नीति लिएको छ। सोमबार बस्ने मन्त्रिपरिषद बैठकले कोरोना नियन्त्रणका लागि निर्णय गर्दैछ। तर कस्तो निर्णय हुन्छ भन्ने विषयमा भने खुलाइएको छैन। तीन हप्ता विद्यालय बन्द गर्न कोभिड संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)ले यसअघि नै सिफारिस गरिसकेको छ।

    अहिले नेपालमा बेलायती भेरिअन्टको कोरोना भाइरस फैलिएको पुष्टि भएको छ। त्यसमा पनि विद्यार्थीहरु संक्रमित भइरहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ। उता भारतसँगको खुला सीमाका कारण भारतमा फैलिएको कोरोनाले नेपालमा पनि जोखिम बढेको हो। भारतबाट आएकाहरुमा पनि कोरोना संक्रमण भएको पुष्टि भइसेको छ। उता भारतको उत्तर प्रदेशमा विद्यालयहरु बन्द गरिएको छ। नेपालसँग सीमा जोडिएको अर्को प्रदेश बिहारमा पनि कोरोना तिब्र रुपमा फैलिएको छ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता
     धनुषामा ३९.३६० ग्राम खैरो हेरोइन सहित १ जना पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij