आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

व्यावसायी दिपेन्द्र कुमार खत्री कृषि उद्यम तथा अनुसन्धान केन्द्रको उपाध्यक्ष पदमा नियुक्त

  • प्रकाशित मिति : बिहिबार, बैशाख २, २०७८



  • नेपाल उद्योग बाणिज्य महासंघका पुर्व केन्द्रीय सदस्य दिपेन्द्र कुमार खत्री नेपाल उद्योग बाणिज्य महासंघ अन्तर्गतको कृषि उद्यम तथा अनुसन्धान केन्द्रको उपाध्यक्ष पदमा मनोनित हुनु भएको छ ।व्यावसायीहरुका समस्या समाधानका लागि क्रियाशील खत्रीलाई उद्योग बाणिज्य महासंघ अन्तर्गतको उक्त केन्द्रको बैठकले उपाध्यक्ष पदमा नियुक्त गरेको हो ।कृषि उद्यम शिलताको प्रवर्द्धन गर्ने,कृषि उद्यम सम्बन्धि योजना बनाउने ,कृषि उद्योगमा लगानी भित्र्याउने, निजि क्षेत्रलाई सकृय बनाउन पहल गर्ने,कृषि जन्य वस्तुको आयात निर्यातमा सहज वातावरण बनाउन सरोकारवाला सँग समन्वय साझेदारी गर्ने जस्ता काम निजि क्षेत्र बाट यो केन्द्रको महत्त्वपूर्ण भुमिका हुने गर्छ ।

    साविकको मध्यपश्चिम विकास क्षेत्रको उद्योग बाणिज्य महासंघको अध्यक्ष समेत भैसकेका खत्रीको उद्योग क्षेत्रमा ठुलो लगानी र मेहनत भएका कारणले उहालाई उक्त पदमा नियुक्त गरिएको हो । खत्रीको सामाजिक संघसंस्था तथा व्यावसायीक लगानीको क्षेत्रमा संलग्नता रहेको छ ।खत्रीले आफुलाई उक्त अवसर प्रदान गर्ने केन्द्रका अध्यक्ष अरुणराज सुमार्गी, महासंघका अध्यक्ष शेखर गोल्छा, बरिष्ठ उपाध्यक्ष चन्द्र प्रसाद ढकाल, निवर्तमान अध्यक्ष भवानी राणा, पुर्व अध्यक्ष सुरज बैध, कार्यसमितिका पदाधिकारीहरु , तुल्सीपुर उद्योग बाणिज्य संघका पूर्व अध्यक्षहरु र संघ परिवार आदिलाई आभार प्रकट गरेका छन ।साविकको राप्ती अञ्चल बाट उद्योग बाणिज्य संघ बाट प्रतिनिधित्व गर्दै आएका खत्री लोकप्रिय व्यावसायीको रुपमा परिचित छन ।

    जन्मथलो सल्यान बाफुखोला भएका खत्रीले कर्मथलो दाङको तुलसीपुरलाई बनाउदै आएका छन ।२०५७ साल मा तुलसीपुर उद्योग बाणिज्य संघको सदस्य हुदै सहसचिव ,कोषाध्यक्ष बाट तुलसीपुर उद्योग बाणिज्य संघको दुई कार्यकाल अध्यक्षको नेतृत्व गरेको अनुभव समेत उहाँ सँग छ । दुई बर्षको कार्यकालमा तुलसीपुर उद्योग बाणिज्य संघले खत्रीलाई एक कार्यकाल सर्वसम्मत अध्यक्ष नेतृत्वको जिम्मेवारी दिएको थियोे ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता
     धनुषामा ३९.३६० ग्राम खैरो हेरोइन सहित १ जना पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij