आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

फलामको पातामा पित्तलको जलप, सोही पाता धितो राखेर ऋण

  • प्रकाशित मिति : बिहिबार, बैशाख २, २०७८



  • काठमाडौं। एउटा भनाइ छ, ‘चोरका सय बुद्धि, भेटिए बुद्धि न सुद्धि’। हालै काठमाडाैंमा एक नाटकीय ठगीकाे घटना भएको छ। फलामको पातामा पहेलो धातुको जपल लगाएर सुन भन्दै ठगी गर्ने एकजनालाइर् नेपाल प्रहरीको महानगरीय अपराध महाशाखाबाट गएको टोलीले पक्राउ गरेकाे छ।

    अपराध महाशाखाका सूचना अधिकृत डिएसपी कृष्ण प्रसाद पंगेनीले भने, ‘सर्वसाधारणलाई अत्यावश्यक परेको छ भन्दै नक्कली सुन देखाएर चोरी गरेको पाइयो। कतिपय ठाउँमा त त्यो सुनलाई धितो समेत राखेर पैसा लिएको पनि पाइयो।’

    उपत्यकाका विभिन्न ठाउँबाट ठगी गरिरहेको सूचना पुगेपछि प्रहरीले अनुसन्धान थाल्यो। ‘धादिङ घर भई हाल ललितपुर बस्ने ईम्रान, पन्तलाल तामाङ भन्ने रवीन्द्र थापा तामाङलाई बनस्थलीबाट पक्राउ गरियो,’ डिएसपी पंगेनीले भने।

    उनका अनुसार पक्राउ पर्ने व्यक्ति २२ वर्ष उमेरका छन्। जीवनमा करिअरको खोजी गर्ने बेलामा तामाङ ठगी गर्दै हिडेँ। त्यो पनि फलामको पातामा सुनको जलप लगाएर।

    धादिङ जिल्ला, रुबीभ्याली गाउँपालिका वडा नं. १ का उनी हाल ललितपुरस्थित गोदावरी बसपार्क नजिकै बस्दै आएको प्रहरीले जानकारी दिएको छ। प्रहरीका अनुसार उनलाई चैत २९ गते साँझ ६ः३० बजे पक्राउ गरिएको थियो।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij