आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

मकवानपुरका ग्रामीण तथा दुर्गम क्षेत्रमा विद्युतीकरण शुरु

  • प्रकाशित मिति : बिहिबार, बैशाख २, २०७८



  • वाग्मती । मकवानपुरको ग्रामीण तथा दुर्गम क्षेत्रका बस्तीमा ग्रामीण विद्युतीकरणको काम शुरु भएको छ ।

    नेपाल विद्युत् प्राधिकरण विद्युत् वितरण केन्द्रको कार्यालय हेटौँडाद्वारा शुरु गरिएको विद्युतीकरण कार्यका लागि चालु आर्थिक वर्षमा रु नौ करोड ९० लाख वजेट विनियोजन भएको केन्द्रले जनाएको छ । विद्युतीकरणका लागि बोलपत्रसमेत स्वीकृत भइसकेको र केही स्थानमा निर्माण प्रक्रियासमेत भइरहेको केन्द्रका प्रमुख योगेन्द्र ठाकुरले जानकारी दिए । उनका अनुसार जिल्लाको सात गाउँपालिकासहित एक उपमहानगरपालिकामा ग्रामीण विद्युतीकरणको काम आगाडि बढाएको कार्यालयले जनाएको छ ।

    कार्यालयका अनुसार मकवानपुरको मनहरि गाउँपालिका, मकवानपुरगढी गाउँपालिका, भीमफेदी गाउँपालिका, वकैया गाउँपालिका, राक्सिराङ गाउँपालिका, कैलाश गाउँपालिका र वाग्मती गाउँपालिका तथा हैटौँडा उपमहानगरपालिका क्षेत्रमा ग्रामीण विद्युतीकरणको काम शुरु भएको छ ।

    यसका साथै कार्यालयले काठका पोल विस्थापित गरी नयाँ सिमेन्टका पक्की पोल जडान गर्ने र तार तथा नयाँ टान्सफर्मरसमेत लगाउने काम गरिरहेको छ । कार्यालयका अनुसार विद्युत् मिटर लिने ग्राहकको सङ्ख्या ६५ हजार २५४ रहेको छ । चालू आवको चैत महिनासम्ममा चार हजार नयाँ विद्युत् मिटर ग्राहक थपिएको छ । विगतमा ६१ हजार ग्राहक रहेका थिए । विद्युत् महसुलवापत कार्यालयले मासिक रु १९ करोडभन्दा बढी रकम उठाउने गरेको कार्यालयको लेखा शाखाले जनाएको छ ।

    लामो समयसम्म विद्युत् महसुल नबुझाउने ग्राहकको सङ्ख्या २२ हजार रहेको र उनीहरुको विद्युत् लाइन काटिएको छ । तीमध्ये ५४० ग्राहकलाई कालोसूचीमा राखिएको कार्यालयले जनाएको छ । कालोसूचीमा परेकाहरुबाट रु ६६ लाख महसुल उठ्न बाँकी रहेको छ । साथै कारवाहीमा परेकाहरुको घरबाट विद्युत् मिटरसमेत उठाउने काम भइरहेको बताइएको छ । त्यस्तै कार्यालयले विद्युत् महसुल बुझाउनमा समस्या आउन नदिनका लागि सो कार्यालयअन्तर्गत मनहरि, भीमफेदी र फापरबारीमा विद्युत् महसुल काउन्टरको व्यवस्था गरिएको छ भने अनलाइनबाट समेत विद्युत् महसुल बुझाउने व्यवस्था मिलाएको कार्यालयले जनाएको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता
     धनुषामा ३९.३६० ग्राम खैरो हेरोइन सहित १ जना पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij