आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

रामबहादुर थापा ‘बादल’को पद गयो

  • प्रकाशित मिति : आइतवार, बैशाख ५, २०७८



  • काडमाडौं। गृहमन्त्री रामबहादुर थापा ‘बादल’को सांसद पद गएको छ । यससँगै अब उनको गृहमन्त्री पद पनि जानेछ । नेकपा (माओवादी केन्द्र) ले बादलले दल त्याग गरेको र अहिले आफ्नो दलमा नरहेको भन्दै संसद सचिवालयलाई पत्र पठाएपछि बादलको पद रिक्त भएको हो ।

    संसद सचिवालयले आज एक सूचना जारी गर्दै बादलको राष्ट्रिय सभा सदस्य पद रिक्त हुन गएको जानकारी दिएको छ । बादल अहिले गृहमन्त्री पनि छन् । सांसद नरहेपछि उनको मन्त्री पद पनि जानेछ ।

    तर, संविधानको व्यवस्थाअनुसार सांसद नरहे पनि मन्त्री हुन पाइने भएकोले बादललाई प्रधानमन्त्रीले पुनः मन्त्री नियुक्त गर्न सक्नेछन् । प्रधानमन्त्री केपी शर्मा ओलीले यसअघि पनि माओवादीबाट कारवाहीमा परेर सांसद र मन्त्री पद गुमाएका मन्त्रीहरुलाई पुनः मन्त्रीमा नियुक्त गरेका थिए ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता
     धनुषामा ३९.३६० ग्राम खैरो हेरोइन सहित १ जना पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij