प्रकाशित मिति : मङ्लबार, बैशाख ७, २०७८
काठमाडाैं। अस्पतालले भर्ना लिन नमानेपछि उपचार गर्दागर्दै कोरोना संक्रमित ३५ वर्षीया महिलाको सोमबार मृत्यु भएको छ। घरमै सिकिस्त बिरामी भई उपचारका लागि विराटनगर लगिएकी त्रियुगा नगरपालिका–६ देउरालीकी महिलाको कोसी अस्पतालमा मृत्यु भएको हो ।
एउटा अस्पतालले अर्को र अर्कोले अर्कोमा गर्दागर्दै एम्बुलेन्समा अक्सिजन सकिएको थियो, पाँचौ अस्पताल पुर्याउँदा उनको मृत्यु भएको हो ।
उपचार गर्नुपूर्व एन्टिजेन परीक्षण गर्दा पोजेटिभ देखिएपछि विराटनगरका अस्पतालले उपचार गर्न नमान्दा मृत्यु भएको आफन्तले बताए । यो समाचार आजको कान्तिपुर दैनिकमा छ ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij