आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

भूकम्पले ढलेको ६ वर्षपछि धरहरा ठडियो, प्रधानमन्त्री ओलीले आज उद्घाटन गर्ने

  • प्रकाशित मिति : शनिबार, बैशाख ११, २०७८



  • काठमाडौं । गोरखा भुकम्पले भत्काएपछि ६ वर्ष लगाएर पुर्ननिर्माण गरिएको ऐतिहासिक धरहराको आज उद्घाटन गरिंदैछ ।

    १२ वैशाख २०७२ को भूकम्पबाट भत्किएको पुरानो धरहरानजिकै बनेको नयाँ धरहरा आज प्रधानमन्त्री केपी शर्मा ओलीबाट उदघाटन हुँदैछ । धरहरा आसपासको पार्क तथा अन्य क्षेत्र समेटिएको बृहत टाँडिखेलको निर्माण कार्य बाँकी रहेपनि आज धरहराको भने उद्घाटन गर्न लागिएको हो ।

    राष्ट्रिय पुर्ननिर्माण प्राधिकरणले भूकम्पपछिको ६ वर्ष अवधिमा पुनर्निर्माण र पुनस्र्थापनाको कार्य पूरा भएको जनाएको छ । निजी आवासमा ९३ प्रतिशत उपलब्धि प्राप्त भएको प्राधिकरणको दावी छ । अनुदान सम्झौता गरेका कुल लाभग्राहीमध्ये झण्डै ९३ प्रतिशतले निजि आवास पुर्ननिर्माण थालेका छन् ।

    प्राधिकरणले भूकम्पपछि २ सय ९९ असुरक्षित स्थानमा रहेका ४ हजार ७ सय २० लाभग्राहीलाई सुरक्षित आवासका लागि जग्गा व्यवस्था मिलाइएको र १२ हजार ७ सय ८८ भूमिहीन लाभग्राहीलाई जग्गा व्यवस्थापनसहित घर निर्माणको वातावरण सिर्जना गरेको जनाएको छ । यस्तै, प्राधिकरणले क्षतिग्रस्त ९ सय २० सम्पदामध्ये ४ सय ९३ वटा पुनर्निर्माण सम्पन्न गरेको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता
     धनुषामा ३९.३६० ग्राम खैरो हेरोइन सहित १ जना पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij