आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

गोरखाका दुई विद्यालयका विद्यार्थीमा रुघाखोकी र ज्वरो

  • प्रकाशित मिति : आइतवार, बैशाख १२, २०७८



  • गोरखा । गोरखाको भीमसेनथापा गाउँपालिका–७ क्यामुन्टारस्थित पाटनदेवी माध्यमिक विद्यालय र वडा नम्बर ३ तान्द्राङको संस्कृत माविका अधिकांश विद्यार्थी बिरामी परेका छन् ।

    उनीहरुमा रुघाखोकी तथा ज्वरो आउने समस्या देखिएको छ । गत एक सातादेखि विद्यार्थीहरुमा उक्त समस्या देखिएको पाटनदेवी माविका प्रधानाध्यापक सन्तोष पोखरेलले बताए ।

    ‘यही वैशाख पहिलो हप्ताबाट केही विद्यार्थीलाई टाउको दुख्ने, रुघाखोकी लाग्ने जस्ता समस्या देखिएको थियो,’ उनले भने, ‘अहिले सबै कक्षाका अधिकांश विद्यार्थीमा यो समस्या देखिन थालेको छ ।’

    समस्या भएका विद्यार्थीलाई विद्यालय नआउन भनिएको उनले बताए । ‘पठनपाठन नै बन्द गरेका चाहिं छैनौं, तर बिरामी बच्चालाई घरमै बस्न भनेका छौ, बाँकीलाई भौतिक दूरी कायम गराएर पढाइरहेका छौं,’ उनले भने ।

    संस्कृत मावि तान्द्राङका प्रधानाध्यापक श्याम लामिछानेले पनि विद्यालयका करिब ५० प्रतिशत विद्यार्थी बिरामी परेको बताएका छन् । उनका अनुसार कक्षा ७ र ८ का विद्यार्थीमा रुघाखोकी तथा ज्वरोको समस्या देखिएको छ । ‘पाँच दिन जति भयो विद्यार्थीमा यस्तो समस्या देखिएको, भोलि स्वास्थ्य शाखाको टोली आउँछ भन्नुभएको छ, अनि के हो पत्ता लाग्ला,’ उनले भने ।

    विद्यार्थी बिरामी पर्न थालेपछि आइतबार गाउँपालिका स्वास्थ्य शाखाको टोली क्यामुन्टारको पाटनदेवी मावि पुगेर कोरोना परीक्षणका लागि ३१ जनाको स्वाबको नमुना संकलन गरेको छ ।

    ‘विद्यार्थीसँगै गाउँका केही मान्छेहरुमा पनि रुघाखोकी र ज्वरो देखिएको रहेछ, आज ३१ जनाको स्वाब संकलन गर्‍यौ, रिपोर्ट आएपछि कोरोना हो कि मौसमी फ्लू हो थाहा हुन्छ,’ स्वास्थ्य शाखा प्रमुख भेषराज खनालले भने ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता
     धनुषामा ३९.३६० ग्राम खैरो हेरोइन सहित १ जना पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij