प्रकाशित मिति : सोमवार, बैशाख १३, २०७८
सुर्खेत । सुर्खेतमा भोलि (मंगलबार) रातिदेखि लागू हुने गरी निषेधाज्ञा आदेश जारी गरिएको छ। जिल्ला कोरोना संकट व्यवस्थापन समितिले भोलि राति १२ बजेदेखि एक हप्तासम्मका लागि निषेधाज्ञा जारी गरेको हो ।
सुर्खेतका प्रमुख जिल्लाअधिकारी छविलाल रिजालका अनुसार समितिको निर्णय अनुसार भोलि रातिदेखि सुर्खेत जिल्लाभर एक हप्ता निषेधाज्ञा आदेश लागू हुनेछ। कोरोना नियन्त्रणभन्दा बाहिर जान थालेपछि निषेधाज्ञा आदेश लागू गर्न लागिएको उनले बताए ।
संक्रमणको जोखिम घटाउन तत्काल एक साताका लागि विशेधाज्ञा जारी गरिएकोले सबैले आदेश पालना गर्न प्रशासनको सुझाब छ । हालसम्म सुर्खेतमा मात्रै ३ सय बढी सक्रिय कोरोना संक्रमित विरामी छन्।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij