आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

छिमेकी जिल्लाका अस्पताल भरिदा नवलपरासीका संक्रमितलाई उपचारको अभाव

  • प्रकाशित मिति : सोमवार, बैशाख १३, २०७८



  • Hospital building, medical icon. Healthcare, hospital and medical diagnostics. Urgency and emergency services. Vector illustration in flat style

    नवलपरासी, बैशाख १३ । पश्चिम नवलपरासीमा अक्सिजनसहितको सुविधायुक्त आइसोलेसन नहुँदा कोरोना संक्रमितलाई उपचारमा समस्या भएको छ ।

    छिमेकी जिल्ला रुपन्देहीका कोरोना विशेष अस्पतालहरुमा समेत बेड अभाव हुँदा बिरामीहरु जिल्ला अस्पतालमा छटपटाएर बस्नु पर्ने बाध्यता छ ।

    कोरोना संक्रमितलाई सुविधा युक्त अस्पतालमा पठाउन खोजिए पनि बेड अभावले जिल्ला अस्पतालमै राख्नु पर्ने बाध्यता छ ।

    सुविधा नहुँदा बिरामीलाई सामान्य अक्सिजन दिएर जिल्ला अस्पतालमा राखिएको अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट डाक्टर मोहम्मद नुरुल होदाले बताउनुभयो ।

    प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र मिश्रले बेड खाली हुने बित्तिकै कोरोना संक्रमितलाई सुविधासम्पन्न अस्पतालमा पठाइने जानकारी दिनुभयो ।

    जिल्लामा ४३ जना नयाँ संक्रमित देखा परेका छन् भने १५ दिनमा ४ जनाको मृत्यु भएको स्वास्थ्य कार्यालयले जनाएको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता
     धनुषामा ३९.३६० ग्राम खैरो हेरोइन सहित १ जना पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij