आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

खुल्ला सीमाका कारण कोरोनाको जोखिम मोल्दै कैलाली र कञ्चनपुर

  • प्रकाशित मिति : मङ्लबार, बैशाख १४, २०७८



  • कैलाली । कोरोना कहरको जोखिम सुदूरपश्चिम प्रदेशमा पनि बढ्दै गएको छ । त्यसमा पनि कैलालीको जनजीवन प्रभावित मात्र हैन, जटिल अवस्था श्रृजना हुन देखिन्छ ।

    भारतसंगको खुला सिमाना भएका कारण कैलाली कञ्चनपुरमापनि कोरोना संक्रमण निकै बढिरहेको छ ।

    संक्रमण बढेसंगै कोरोनाबाटै ज्यान गुमाउनेको संख्या पनि दिन प्रतिदिन बढिरहेको छ । कोरोना संक्रमण दर दिन प्रतिदिन बढिरहेका बेला अब लकडाउन गर्ने की आशिंक निशेधाज्ञा गर्ने भनेर प्रशासनले छलफल थालेको छ ।

    कैलाली र कञ्चनपुरका सुरक्षा अधिकारीहरुको बैठक बसी दुइवटै जिल्लामा आशिंक रुपमा निशेधाज्ञा गर्ने निर्णय समेत गरिएको छ ।

    दुई जिल्लाका सुरक्षा अधिकारीहरुको बैठकले विद्यालय, कलेज, ट्युसन सेन्टर, तालिम केन्द्र लगायतका सबै शैक्षिक संस्थाहरू वैशाख भर सञ्चालन नगर्ने निर्णय गरेको छ ।

    बैठकले विगतमा सञ्चालित आइसोलेसन, क्वारेन्टिइनलाई फेरी सक्रिय बनाउने, छोटो दुरीका सवारी साधनहरूलाई कैलाली कञ्चनपुरमा जोर बिजोर प्रणालीमा सञ्चालन गर्ने , होटेल रेस्टुरेन्ट बिहान ८ बजे देखी राती ८ बजे सम्म मात्रै सञ्चालन गर्न दिने लगायतका २५ निर्णय गरेको कैलाली प्रमुख जिल्ला अधिकारी खगेन्द्र रिजालले जानकारी दिनुभयो ।

    सुरक्षा अधिकारीहरुले गौरिफन्टा नाकाको निरिक्षण समेत गरेका छन् । बैठकले भारतबाट फर्किनेहरूलाई गौरीफन्टा सीमा नाका र गड्डा चौकी नाकामा स्वास्थ्य चेक गरी सम्बन्धित पालिकाहरूमा पठाउने निर्णय समेत गरेको छ ।

    साथै नेपाल भित्रिने भारतीय नागरिकहरुलाई अनिवार्य पीसीआर रिपोर्ट हुनुपर्ने निर्णय बैठकले गरेको हो ।

    तत्काल सबैले स्वास्थ्य मापदण्ड अपनाएर शुरक्षित रहे लकडाउन नहुने तर नियमको पालना नभए लकडाउनको सम्भावना रहेको कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी राम कुमार महतोले बताउनु भयो ।

    प्रशासनले स्वास्थ्य मापदण्ड अपनाउँदै आशिंक रुपमा गरेको लकडाउनलाई नीजि क्षेत्रले पनि सहयोग गरेको छ ।

    कैलाली उधोग बाणिज्य संघले सबै ब्यवसायीहरुलाई स्वास्थ्य मापदण्ड अपनाएर ब्यवसाय सञ्चालन गर्न आह्वान गरेको कैलाली उद्योग बाणिज्य संघका बरिष्ठ उपाध्यक्ष पुस्कर ओझाले बताउनु भयो ।

    तत्काललाई कैलाली कञ्चनपुरका प्रशासनले आशिंक रुपमा मात्रै निशेधाज्ञा गर्ने निर्णय गरेपनि संक्रमण दर बढ्दै गए चाँडै पुर्ण रुपमा निशेधाज्ञा जारी हुने बताईएको छ ।

    त्यस कारण आफ्नो स्वास्थ्यको ख्याल आफै गर्दै स्वास्थ्यका सम्पुर्ण मापदण्ड पालना गर्न आवश्यक देखिन्छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता
     धनुषामा ३९.३६० ग्राम खैरो हेरोइन सहित १ जना पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij