आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

१५ जनासम्म सहभागी हुने गरी विवाहका दुईवटा गाडीलाई अनुमति पास नचाहिने

  • प्रकाशित मिति : बिहिबार, बैशाख १६, २०७८



  • काठमाडौं । निषेधाज्ञा अवधिमा काठमाडौं उपत्यकामा विवाह तथा ब्रतबन्धका लागि १५ जनासम्म सहभागी हुने गरी प्रयोग हुने सवारी साधनले अनुमति पास लिनु नपर्ने भएको छ ।

    जिल्ला प्रशासन कार्यालय काठमाडौंले जारी गरेको आदेशमा विवाह तथा ब्रतबन्धका लागि ब्यानरसहित दुई वटासम्म सवारी साधन प्रयोग गरी जिल्लाभित्र वा अन्तरजिल्लामा आवतजावत गर्दा अनुमति पास आवश्यक नपर्ने जनाइएको छ ।

    साथै ती कार्यक्रमका लागि पार्टी प्यालेस प्रयोग गर्नुपर्ने भएमा भने जिल्ला प्रशासन कार्यालयबाट अनुमति पास लिनुपर्ने आदेशमा भनिएको छ ।

    जिल्ला प्रशासन कार्यालयका अनुसार विवाह वा ब्रतबन्धमा सहभागी भई अन्य जिल्लाबाट फर्किनुपर्ने भएमा चालकसहित बढीमा सातजनासम्मको लागि स्थानीय तहको सिफारिसअनुसार जिल्ला प्रशासन कार्यालयबाट अनुमति पास लिन सकिनेछ ।

    यस्तै मृत्यु संस्कार र बिरामी कुरुवाको रुपमा सहभागी हुनुपर्ने व्यक्तिले अन्य जिल्लामा जानुपर्दा सम्बन्धित विषयको व्यहोरा खुल्ने कागजातसहित जिल्ला प्रशासन कार्यालयमा अनुमति पासका लागि निवदेन पेश गर्न सकिने पनि आदेशमा उल्लेख छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता
     धनुषामा ३९.३६० ग्राम खैरो हेरोइन सहित १ जना पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij