आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

पर्सामा आज एकै दिन १ सय ६९ सङ्क्रमित भेटिए

  • प्रकाशित मिति : बिहिबार, बैशाख १६, २०७८



  • पर्सा । पर्सामा आज एकै दिन १ सय ६९ जना कोरोना सङ्क्रमित फेला परेका छन्। वीरगञ्जको नारायणी अस्पतालमा २ सय ८८ जनाको स्वाबको नमूना परीक्षण गर्दा आज बिहान आएको रिपोर्टमा १० वर्षदेखि ७७ वर्ष उमेर समुहका १ सय ३३ पुरुष र ३६ महिलामा सङ्क्रमण पुष्टि भएको हो।

    भेटिएका सङ्क्रमितमध्ये सबैभन्दा बढी पर्साबाट १ सय ४० रहेका छन भने बाराबाट २४, रौतहटबाट तीन र सप्तरी तथा दैलेखका एक/एक जनामा सङ्क्रमण पुष्टि भएको नारायाणी अस्पतालका कोभिड संयोजक डा सरोज रोशन दासले जानकारी दिए।

    उनले कोरोना सङ्क्रमणको दोस्रो छालमा फेला परेका सङ्क्रमितमध्ये यो सबैभन्दा बढी सङ्ख्या रहेको बताए। यससँगै पर्सामा सङ्क्रमितको कुल सङ्ख्या चार हजार ३१७ पुगेको छ । त्यस्तै सक्रिय सङ्क्रमितको सङ्ख्या एक हजार १ सय ३५ पुगेको जिल्ला प्रशासन कार्यालय पर्साले जनाएको छ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij