आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

सुनसरीमा प्रहरी नियन्त्रणमा रहेको बाइक पाटपुर्जा झिकिएको अवस्थामा ग्यारेजमा भेटियो !

  • प्रकाशित मिति : शनिबार, बैशाख १८, २०७८



  • प्रहरी नियन्त्रणमा रहेको मोटरसाइकल ग्यारेजमा फेला परेको छ । प्रहरीले नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालय सुनसरी हातामा राखेको बाइक पाटपुर्जा निकालिएको अवस्थामा ग्यारेजबाट फेला परेको हो । बबियामा भएको कुटपिटको घटनामा संलग्न व्यक्तिहरु सहित प्रहरीले ज ५ प ३३४६ नम्बरको पल्सर मोटरसाइकल बरामद गरी कार्यालय हातामा राखेको थियो ।

    संलग्न व्यक्तिहरु छाडिए पनि मिलापत्र नभएको भन्दै प्रहरीले कार्यालय हाताभित्रै राखेको उक्त मोटरसाइकल प्रहरी कार्यालय नजिकै रहेको ग्यारेजमा पाटपुर्जा खोलिएको अवस्थामा युवाहरुले फेला पारेका हुन् । सम्वन्धित धनीले कार्यालय हातामा मोटरसाइकल नभेटेपछि खोजतलास गरेका थिए । सो क्रममा मोटरसाइकल पाटपुर्जा निकालिएको अवस्थामा करण मोटरसाइकल वर्कशपमा भेटिएको थियो । नेपाल रिकण्डिसन सेन्टरको नाममा रहेको मोटरसाइकल रामदेव मेहताले कुदाएको अवस्थामा उनी र दौलतराज मेहता बिच बबियामा झगडा र कुटपिट पश्चात प्रहरीले नियन्त्रणमा लिएको बताइएको छ । मोटरसाइकल ग्यारेजमा फेला पारेका युवाहरुले घटना तीन महिना अघिको भएको बताएका छन्

    रिकण्डिसन सेन्टरका प्रोप्राइटर बसिर अन्सारीले मोटरसाइकल ग्यारेजमा भेटिएको विषयमा आश्चर्य जनाए । उनले ग्यारेजमा मोटरसाइकल देखेपछि सोधपुछ गर्दा ग्यारेजवालाले प्रहरीलेनै ल्याएर पाटपुर्जा निकाल्न भनेको जवाफ पाएको सुनाए । उनका अनुसार प्रहरीले मोटरसाइकलको काम लाग्ने सबै पाटपुर्जा निकाल्न ग्यारेजवालालाई भनेको बुझिएको बताए । सो विषयमा छानविन हुनुपर्ने बताएका अन्सारीले आफ्नो मोटरसाइकल सकुशल फिर्ता पाउनु पर्ने बताए । यता सो विषयमा बुझ्दा उक्त विषय जानकारीमा आएकाले छानविन थालिएको सुनसरी प्रहरीले बताएको छ । सुनसरी प्रहरीले दोषी पाइए संलग्न उपर कार्वाही हुने जनाएको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij