प्रकाशित मिति : शनिबार, बैशाख १८, २०७८
दाङ । दाङको तुल्सीपुर उपमहानगरपालिका वडा नम्बर ८ को तर्फबाट वडाध्यक्ष बेद बहादुर के सीले नेपाल सरकारलाइ अनुरोध गर्नुभएको छ।
हाल बिश्व भरी महामारीको रूपमा फैलिएको दोस्रो भेरियन्स्को (कोभिड १९) कोरोना भाइरस तुलसीपुर उपमहानगरपालिका अन्तर्गत विभिन्न वडा लगायत तुल्सीपुर उपमहानगरपालिका वडा नम्बर ८ मा समेत विभिन्न समुदायमा फैलिएर भयावह अवस्था हुनगएकोले तत्काल आबस्यक पर्ने स्वास्थ सामाग्री जस्तै कोभिड खोप ,किर्तिम अक्सिजन ,आइ.सि.यु,भेन्टिलेटर जस्ता सेवाको अभाव भै सन्क्रमितले अकालमा जीउ ज्यान गुमाउनु परेकाले अबिलम्ब W H O सहित अन्तर्राष्ट्रिय समुदायलाई अपील गरि सहयोग माग्न सम्माननीय प्रधानमन्त्री ज्यु लाई अनुरोध गर्नुभएको छ र के सी ले सबैलाई सजग भै बस्म आग्रह समेत गर्नुभएको छ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij