आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

अघिल्लो वर्ष बन्द यार्सापाटन यस वर्ष खोल्ने निर्णय

  • प्रकाशित मिति : शनिबार, बैशाख १८, २०७८



  • डोल्पा । अघिल्लो वर्ष बन्द गरिएका यार्सागुम्बा पाटन यस वर्ष खुला गर्ने निर्णय गरिएको छ । शुक्रबार बसेको सर्वपक्षीय बैठकले जिल्लाका विभिन्न क्षेत्रमा पर्ने यार्सागुम्बा पाटन खुला गर्ने निर्णय गरेको हो । कोराना कहरका कारण अघिल्लो वर्ष बन्द भएका यार्सागुम्बा पाटन यस वर्ष भने आगामी जेठ १० गतेदेखि खुला गर्ने गरी निर्णय गरिएको प्रमुख जिल्ला अधिकारी माधवप्रसाद ढकालले बताए।

    “देशभर कोरोना सङ्क्रमणले धमाधम मान्छे मरिरहेका छन्, डोल्पामा पनि १० सङ्क्रमित पुगिसके, यहि दरमा सङ्क्रमण बढे यार्सागुम्बा पाटन खुला गर्ने विषयमा पुनःएक पटक सोच्नुपर्ने हुन्छ, निर्णय पनि सोहीअनुसार भएको छ”, प्रजिअ ढकालले भने ।

    प्रशासनको कर्तव्य सुरक्षा संयन्त्र परिचालनसँगै जनताको जीउधनको रक्षा गर्नु पनि भएकाले महामारीबाट सर्वप्रथम नागरिकलाई जोगाउनु पहिलो कर्तव्य भएको प्रजिअ ढकालको भनाइ छ । जिल्लावासीको आम्दानीको मुख्य स्रोतका रुपमा रहेको बहुमूल्य जडिबुटी यार्सागुम्बा खोल्ने निर्णयसँगै अधिकांश नागरिकले खुशी व्यक्त गरेका छन् भने कतिपयले विरोध गरेका छन् । अधिकाशं नागरिकले अघिल्लो वर्ष यार्सागुम्बा नखुल्दा जिल्लावासीको आर्थिक अवस्था धरासायी भएकाले यार्सापाटन खोल्ने निर्णय स्वागतयोग्य भएको बताए।

    मध्यवर्ती क्षेत्रका नागरिक, मध्यवर्ती क्षेत्रबाहेक जिल्ला भित्रका नागरिक र जिल्ला बाहिरका नागरिकका लागि छुट्टाछुट्टै प्रवेश शुल्क निर्धारण गरिएको छ । त्यसमा क्रमश रु ५००, रु दुई हजार र रु तीन हजार रकम तोकिएको छ । रासस

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij