प्रकाशित मिति : आइतवार, बैशाख १९, २०७८
काठमाडौं। मास्कको कालोबजारी गर्ने त्रिपुरेश्वरस्थित अल फाइन सर्जिकल सप्लायर्सलाई २ लाख रूपैयाँ जरिवानासहित कारबाही गरिएको छ।
वाणिज्य, आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागले आइतबार अनुगमन गर्ने क्रममा डबल मूल्यमा माक्स बिक्री गरिरहेको पाइएको विभागले जनाएको छ। सप्लायर्सले प्रति पिस ४.४६ रुपैयाँ थोक मूल्यमा खरिद गरिएको सर्जिकल मास्क ८ रुपैयाँ ३८ पैसामा बिक्री गरेको थियो।
उपभोक्ताको गुनासोका आधारमा सप्लायर्समा पुगेको अनुगमन टोलीले सोही अनुसार कारोबार गरेको पाएपछि सो फर्मलाई २ लाख जरिवाना गरेको हो। विभागले पछिल्लो समय मास्क उत्पादन गर्ने उद्योग, थोक सप्लायर्स र खुद्रा पसलमा अनुगमन केन्द्रीत गरेको छ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij