प्रकाशित मिति : सोमवार, बैशाख २०, २०७८
नेपाल विद्युत् प्राधिकरणले पहिलोपटक भारतीय ऊर्जा बजारबाट प्रतिस्पर्धी दरमा विद्युत् आयात शुरू गरेको छ । प्राधिकरणले शनिवार राति १२ बजेदेखि भारतको खुला बजारबाट प्रतिस्पर्धी दरमा विद्युत् आयात गर्न थालेको हो ।
प्राधिकरणले केही समयअघि भारतको ऊर्जा मन्त्रालयबाट त्यहाँको विद्युत् एक्सचेन्ज बजारमा प्रवेश गर्न अनुमति दिएको थियो । त्यसपछि आवश्यक प्रक्रिया पूरा गरेर प्राधिकरणले प्रतियुनिट ३ दशमलव ८१ भारतीय रुपैयाँमा २०० देखि २५० मेगावाटसम्म विद्युत् ढल्केबर–मुजफ्फपुर अन्तरदेशीय प्रसारण लाइनमार्फत आयात गरेको हो ।
‘प्राधिकरणले पहिलोपटक भारतीय बजारले निर्धारण गरेको दरमा विद्युत् खरीद गर्दा अहिले आयात गरिरहेको मूल्यभन्दा भारू ३७ पैसा सस्तो परेको छ,’ उनले भने । प्राधिकरणले अहिले भारतबाट ढल्केबर–मुजफ्फपुर अन्तरदेशीय प्रसारणमार्फत आयात गर्ने विद्युत्को प्रतियुनिट मूल्य ४ दशमलव १८ भारू छ । प्राधिकरणले अहिले सबैभन्दा धेरै विद्युत् यही प्रसारण लाइनमार्फत आयात गरिरहेको छ ।
यो समाचार आजको आर्थिक अभियान दैनिकमा छ ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij