आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

कोरोनाले विदेशमा थप ११ नेपालीको मृत्यु, २० हजारबढी संक्रमित

  • प्रकाशित मिति : सोमवार, बैशाख २०, २०७८



  • काठमाडौं । कोरोनाका कारण भारतमा १० जनासहित विदेशमा यो साता ११ जना नेपालीको निधन भएको छ । यो साता साउदीमा पनि थप एक जना नेपालीको संक्रमणका कारण निधन भएको हो ।

    गैरआवासीय नेपाली संघ(एनआरएनए)का अनुसार हालसम्म भारतमा मात्रै संक्रमणका कारण ज्यान गुमाउने नेपालीको संख्या ७१ पुगेको छ । एनआरएनएको स्वास्थ्य समितिको शनिबार साँझसम्म तयार पारेको तथ्यांक अनुसार भारतसहित विश्वभर २१ मुलुकमा रहेका तीन सय ८२ जना नेपालीको कोभिड १९ का कारणले निधन भएको छ ।

    एनआरएनएअन्तर्गतको स्वास्थ्य समितिका संयोजक डा.सन्जिव सापकोटाका अनुसार भारतमा रहेका २० हजारभन्दा बढी नेपालीलाई कोरोना संक्रमण भएको छ । ती मध्ये १७ हजारभन्दा बढी कोरोनामुक्त भएका छन् ।

    अहिलेसम्म विश्वका ५४ मुलुकमा ८६ हजार ६ सय ७९ जना नेपालीमा कोरोना संक्रमण भएको छ भने ती मध्ये ८२ हजार एक सय ९७ जना कोरोना संक्रमण मुक्त भएका छन् ।

    यो साता मलेसिया, भारत, कुवेत, युएई र साउदी अरेबियामा रहेका नेपालीमा थप कोरोना भाइरसको संक्रमण देखिएको छ ।

    एनआरएनएअन्तर्गतको स्वास्थ्य समितिको सुझाव

    नेपाल, भारतसहित विश्वका विभिन्न देशमा देखापरेको नयाँ प्रजातिको महामारी अत्याधिक संक्रामक खालको भएकोले विशेष सावधानी अपनाउन स्वास्थ्य समितिले जनाएको छ ।

    ज्वरो आउने, खोकी लाग्ने, शरीर दुख्ने, स्वाद र गन्ध हराउने, पखाला वा बान्ता हुने, एकदम थकान हुने, निद्रा लागिरहने, छालामा बिमिरा आउने, आँखा रातो हुने लगायतका लक्षण देखापरेमा तत्काल पीसीआर परिक्षण गर्न समितिले सुझाएको छ ।

    नयाँ भेरियन्टको कोरोना भएमा परिवारमा सबै संक्रमित हुने अवस्था रहेकोले कुनै लक्षण देखिएमा सेल्फ आइसोलेसनमा बस्न पनि समितिले अनुरोध गरेको छ । यस्तै मधुमेह र उच्च रक्तचाप भएका मानिसहरूलाई संक्रमण भइहालेमा अवस्था गम्भीर हुनसक्ने भएकोले उनीहरुले आफ्नो स्वास्थ्य र औषधी सेवनमा विशेष ध्यान दिनुपर्छ ।

    पोषणयुक्त खानेकुरा खाने, शारीरिक व्यायाम समेत गर्नुपर्छ । संक्रमित व्यक्तिहरूले घरमा अक्सिजन नाप्ने मिटर राख्ने र बेलाबेलामा अक्सिजन नाप्नु पर्छ । अक्सिजन लेभल कम भए तुरुन्त स्वास्थ्य विज्ञसँग सल्लाह लिइहाल्न पनि समितिले सुझाएको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij