आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

मेटमणि चौधरीले पनि ओलीलाई पठाए स्पष्टिकरण

  • प्रकाशित मिति : मङ्लबार, बैशाख २१, २०७८



  • काठमाडौं । सांसद मेटमणि चौधरीले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सोधेको स्पष्टिकरणको जवाफ पठाएका छन् । ७ वैशाखमा नेता माधवकुमार नेपाल सहित २७ सांसदलाई ओलीले स्पष्टिकरण सोधेका थिए ।

    आफूले १४ वैशाखमा पत्र पाएको भन्दै चौधरीले त्यसको जवाफमा तीन पृष्ठको स्पष्टिकरण बुझाएका छन् ।

    स्पष्टिकरणको भाषा भने नेता नेपाल सहित अन्य सांसदहरुसँग मिल्दो छ । पत्रमा नवौं महाधिवेशनको विधान, पार्टी संरचना र नीति अनुसार आफू क्रियाशील रहेको उल्लेख गरिएको छ । पार्टी विभाजन गर्नतिर लागेको भनी सोधिएको स्पष्टिकरण पत्रबारे चौधरीले आपत्ति जनाएका छन् ।

    तर, २८ फागुनमा ओलीले गरेको निर्णय सच्याउँदै पार्टीलाई २ जेठ २०७५ को अवस्थामा लैजान सक्रिय भएको चाहिँ चौधरीले उल्लेख गरेका छन् । ओलीले १६ वैशाखमा थप तीन गंगा चौधरी, कलिला खातुन र समिना हुसेनलाई पनि स्पष्टिकरण सोधेका छन् । उनीहरुले पनि स्पष्टिकरण बुझाइसकेका छन् ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता
     धनुषामा ३९.३६० ग्राम खैरो हेरोइन सहित १ जना पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij