प्रकाशित मिति : बुधबार, बैशाख २२, २०७८
भारतको राजस्थानकी एक महिलाले राष्ट्रपतिसँग तीन बच्चासहित देहत्याग अनुमति मागेकी छन्। ती महिलाका अनुसार श्रीमान र परिवारले सास्ति दिने गरेकाले देहत्याग गर्ने सोच बनाएकी हुन्।
यो घटना अजमेरको पटेल नगर तोपदडाको हो। यहाँकी एक महिला आफ्ना तीन सन्तानसहित जिल्ला कलेक्टर कार्यालय पुगिन। र, उनले राष्ट्रपतिको नाममा लेखिएको ज्ञापन पत्र कलेक्टरलाई बुझाइन्। त्यसमा देहत्याग गर्नका लागि अनुमति मागिएको थियो।
उनले श्रीमानसहित परिवारका सदस्यले पटक-पटक बच्चाहरूसहित राति आफूलाई घरबाट निकाल्ने ध म्कि दिनेगरेको आरोप लगाएकी छन्।
ती महिलाको नाम सोनु चौहान हो। ‘मेरो विवाह २००७ जनवरी २९ मा भएको हो। मेरो श्रीमान सासु र नन्दले भनेअनुसार मलाई कु’ट’पि’ट गर्नुहुन्छ। धेरै वर्षदेखि मैले यो पी’डा सहदै आएकी छु। म १३ र ९ वर्षकी छोरी तथा ५ वर्षको छोरासहित ४ वर्षदेखि छुट्टै बस्दै आएकी छु। र, मलाई परिवारका सदस्यहरूले यहाँ पनि सास्ति दिने गरेका छन्’, उनले ज्ञापन पत्रमा लेखेकी छन्।
पीडितले श्रीमानले सधै झ’ग’डा गर्ने गरेको आरोप लगाएकी छन्। १४ वर्षदेखि श्रीमाले नियमित दु:ख दिनेगरेको उनको दुखेसो छ। उनले यस्तो अवस्थामा अब आफू बाच्नै नसक्ने बताएकी छन्।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij