आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

प्युठानमा भारतबाट आएका सोझै घर जाँदा कोरोना त्रास बढ्यो, नियन्त्रणमा सबै निकाय उदासीन

  • प्रकाशित मिति : बिहिबार, बैशाख २३, २०७८



  • प्युठान । कोरोना भाइरसको दोस्रो लहर फैलिदै गएको छ । भारत तथा अन्य जिल्लाबाट नागरिकलाई जिल्लाका स्थानीय तहले क्वारेन्टिन तथा आइसोलेसनमा नराखी घर पठाउँदा गाउँमा कोरोना भाइरसको संक्रमण फैलिने जोखिम बढेको छ ।

    कोरोना भाइरसको संक्रमण फैलिएपछि भारत तथा जिल्ला बाहिरबाट नागरिक धमाधम घर फर्किएका छन् । कोरोना भाइरसका कारण समस्यामा परेका नागरिकलाई स्थानीय तहले कुनै पनि परिक्षण नगरी सिधै घर पठाउदा कोरोनाको जोखिम बढेको हो ।

    कोरोना भाइरसको दोस्रो लहर फैलिदै जाँदा जिल्लाका स्थानीय तहले कोरोना संक्रमण नियन्त्रणका लागि चासो नदेखाउदा समस्या भएको स्थानीय सुमन श्रेष्ठ बताउँनुहुन्छ ।

    अहिले जिल्लामा २२१ जनाभन्दा बढि मानिसमा कोरोना भाइरसको संक्रमण भइसकेको छ भने १४ जनाको मृत्यु भएको छ ।

    कोरोना भाइरसको संक्रमण फैलिएपछि अध्ययन तथा रोजगारीका लागी देशका बिभिन्न स्थान र भारतमा पुगेका नागरिकहरु गाउँ फर्किएका छन् ।

    कोरोना भाइरस रोकथाम तथा नियन्त्रण गर्नका लागी जिल्लालाई एक साताका लागी लकडाउन गरेको प्रमुख जिल्ला अधिकारी खिमप्रसाद भुषालले बताउनु भयो ।

    समुदायमा कोरोना भाइरसको संक्रमण फैलिन नदिन स्थानीय तहलाई निर्देशन दिएको स्वास्थ्य कार्यालय प्यूठानले जनाएको छ ।

    कोरोना भाइरसको संक्रमण समुदायस्तरमा फैलिन नदिन ब्यापक परिक्षण गर्नुपर्ने भएपनि प्रदेश सरकारले प्रर्याप्त किटको ब्यवस्था नगर्दा समस्या भएको स्वास्थय कार्यालय प्यूठानका निमित्त प्रमुख मधुसुदन खड्ककाले बताउनभयो ।

    कोरोना भाइरसको दोस्रो लहर समुदायस्तरमा फैलिन नदिन परिक्षणको दायरालाई बढाउनुपर्ने अबश्यकता छ भने भारत तथा अन्य स्थानबाट आएका नागरिकलाई १४ दिनसम्म क्वारेन्टिनमा राख्नुपर्नेछ ।

    यसका लागी स्थानीय तह लगायतका निकायले चासो दिनुपर्ने देखिन्छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij