आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

लुम्बिनीमा केसीलाई मुख्यमन्त्री नियुक्त गर्न ४ दलको माग

  • प्रकाशित मिति : बिहिबार, बैशाख २३, २०७८



  • बुटवल । लुम्बिनी प्रदेशसभाका विपक्षी चार दलले मुख्यमन्त्री शंकर पोखरेललाई राजीनामा दिन र नेकपा माओवादी केन्द्रका कुलप्रसाद केसीलाई मुख्यमन्त्री नियुक्त गर्न प्रदेश प्रमुखसँग माग गरेका छन् ।

    नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाले बिहीबार पत्रकार सम्मेलन गरी मुख्यमन्त्री पोखरेल अल्पमतमा परेको भन्दै उनको नियुक्ति असंवैधानिक र अराजनीतिक भएको दोहोर्‍याएका छन् ।

    चार दलले तत्काल प्रदेश सभाको विशेष अधिवेशन बोलाउन र विपक्षी गठबन्धनका कुलप्रसाद केसीलाई मुख्यमन्त्री नियुक्त गर्न माग गरेका छन् । प्रदेश सभामा हाल कायम ७९ जना सदस्यमध्ये ४१ जनाले केसीलाई समर्थन गरेको तर मुख्यमन्त्री पोखरेलको समर्थनमा ३८ जनामा रहेको विपक्षी ४ दलको दावी छ ।

    संविधान, विधि प्रक्रिया मिचेर अल्पमतको नेतालाई मुख्यमन्त्रीमा नियुक्त गरेर प्रदेश प्रमुखले राज्यशक्तिको दुरुपयोग भएको चार दलले बताएका छन् । आफू अल्पमतमा रहेको थाहा हुँदाहुदै पनि संविधान र कानूनको अपव्याख्या गरी सपथ ग्रहण गर्नु पोखरेलको पदलोलुपता, अराजनीतिक चरित्र र निरंकुश कदम मात्र नभई वैचारिक राजनीतिक नियत नै खराब रहेको चार दलले विज्ञप्तिमा उल्लेख गरेका छन् ।

    एमाले संसदीय दलका नेता पोखरेलले ४१ जना आफ्नो पक्षमा रहेको दावी गरेर मुख्यमन्त्रीमा नियुक्ति भएपनि तत्कालिन नेकपाबाट निर्वाचित विमला डांगीले माओवादी केन्द्र रोजेकी, एमालेबाट निर्वाचित प्रदेशसभा सदस्यहरु दृगनारायण पाण्डे र अमरबहादुर डाँगीले राजीनामा दिएकाले पोखरेल स्पष्ट रुपमा अल्पमतमा परेको चार दलले बताएका छन् ।

    मुख्यमन्त्रीले नैतिकताको आधारमा राजीनामा नदिए कानूनी र राजनीतिक लडाई लड्ने माओवादी केन्द्रका प्रमुख सचेतक तुलाराम घर्तीले बताए ।

    हेर्नुहोस् ४ दलको विज्ञप्ति

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij