आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

पूर्वरानी कोमलको स्वास्थ्यमा सुधार, आइसियूबाट साधारण बेडमा सारियो

  • प्रकाशित मिति : शनिबार, बैशाख २५, २०७८



  • कोरोना संक्रमित पूर्वरानी कोमल राज्यलक्ष्मी शाहको स्वास्थ्यमा सुधार आएको छ।

    स्वास्थ्यमा सुधार आएसँगै उनलाई आइसियूबाट साधारण बेड (स्पेसल क्याबिन) मा सारिएको उपचारमा संलग्न नर्भिक इन्टरनेसनल अस्पतालका डा. जेपी जैसवालले सेतोपाटीलाई बताए।

    पूर्वरानी कोमल कोरोना संक्रमण भएपछि वैशाख ७ गतेबाट नर्भिक इन्टरनेसनल अस्पताल भर्ना भएकी थिइन्।

    उनलाई श्वासप्रश्वासमा अत्यधिक समस्या देखिएपछि आइसियू भर्ना गरिएको थियो। आइसियूमा रहँदा कोमललाई प्रतिमिनेट १० लिटरसम्म अक्सिजन दिइएको थियो।

    ‘साधारण बेडमा सारिएपछि उहाँलाई प्रतिमिनेट पाँच लिटर अक्सिजन दिइरहेका छौं, अब उहाँ खतरामुक्त हुनुहुन्छ,’ जैसवालले भने।

    आइसियूमा राखिएपछि कोमललाई प्लाज्मा थेरापीद्वारा उपचार गरिएको थियो।

    भारतको हरिद्वारमा भएको कुम्भमेलामा सहभागी भएर फर्किएपछि पूर्वराजा ज्ञानेन्द्र शाह, पूर्वरानी कोमललाई कोरोना संक्रमण भएको थियो।

    पूर्वराजा, पूर्वरानीसँगै पूर्वअधिराजकुमारी प्रेरणा शाह कोरोना संक्रमण भएपछि नर्भिक अस्पताल भर्ना भएका थिए।

    पूर्वराजा र पूर्वअधिराजकुमारी प्रेरणाको स्वास्थ्य सामान्य छ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij