आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

संक्रमितलाई दुध–बेसार खान भारत सरकारको सल्लाह

  • प्रकाशित मिति : शनिबार, बैशाख २५, २०७८



  • कोरोना भाइरस संक्रमणको दोस्रो लहरले मानिसहरुलाई बेचैन बनाएको छ । अवस्था दिनप्रतिदिन बिग्रँदै छ । भारतमा दैनिक चार लाखभन्दा धेरैमा कोरोना देखिएको छ ।
    यस्तो अवस्थामा महामारीबाट बच्नका लागि बिरामी बलियो हुन जरुरी छ । कोरोना भाइरसबाट निको भएका बिरामीमा कमजोरी धेरै दिनसम्म रहने गरेको छ । यस्ता बिरामीले मांशपेशी र इम्युनिटीलाई बलियो बनाउन जरुरी र शरीरमा पनि उर्जा ल्याउनका लागि राम्रो खानपान गर्न जरुरी छ ।

    कोरोना संक्रमित र कोरोनाबाट निको भएका बिरामीको स्वास्थलाई ध्यानमा राख्दै भारत सरकारले आफ्नो अधिकारिक ट्वीट ह्यान्डलमार्फत केही त्यस्ता खाद्यान्नको प्रवद्र्धन गरेको छ, जसको सेवन जरुरी छ ।
    भारत सरकारले दिएको सुझाव यस्तो छ –

    – पर्याप्त भिटामिन र खनिज प्राप्त गर्नका लागि फलफूल र तरकारीलाई डाइटमा समावेश गर्नुस् ।

    – चिन्ताबाट छुटकारका पाउनका लागि कम्तिमा ७० प्रतिशत कोकोसँगै डार्क चकलेटको थोरै मात्रा सेवन गर्न जरुरी ।

    – इम्युनिटी बढाउनका लागि बेसार मिसाएको दुध सेवन गर्नुस् ।

    –  धेरैजसो बिरामीलाई हरेक कुराको गन्ध आउँछ, जसका कारण उनीहरु केही खान मन गर्दैनन् । यस्ता बिरामीले थोरै थोरै समयमा हल्का खान जरुरी छ । खानमा अमचुर (आँपको धुलो) प्रयोग गर्नुस् । यसले स्वाद बढाउँछ र यसमा समावेश भिटामिन सीले रोगबाट निको हुन पनि सहयोग गर्छ ।

    – कोदो, जौजस्ता अनाजलाई खानमा समावेश गर्नुस् ।

    – प्रोटिनको राम्रो स्रोत मासु, अण्डा, माछा, पनिर, सोयाबिन, बदाम र अन्य बिजहरुको सेवनले तपाईको शरीरलाई निको हुन सहयोग गर्नेछ ।

    – बदाम, जैतून, सरस्युलगायत स्वस्थ तेलको प्रयोग गर्नुस् ।

     

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij