आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

ओली जस्तो नैतिक चरित्रहीन मान्छे विश्वमा छैन – डा• भीमार्जुन आचार्य

  • प्रकाशित मिति : आइतवार, बैशाख २६, २०७८



  • संविधानविद् डा. भीमार्जुन आचार्यले समाज र मुलुकको पवित्रताका लागि कुनै पनि मूल्य नभएको वा नैतिकता शून्य राजनीति वा नेतृत्व हुनु भन्दा त्यस्तो राजनीति अस्तित्व मै नहुनु राम्रो हुने बताएका छन्।

    सामाजिक सञ्जालमार्फत् टिप्पणी गर्दै उनले मुलुकको राजनीतिप्रति गम्भीर बन्न र सरकारको असंवेदनशील रबैयाको साक्षी नबन्न आग्रह गर्दै आआफ्नो तरिकाले आवाज उठाउन आग्रह समेत गरेका छन्। मुलुक नयाँ रोगबाट संक्रमित भएको अवस्थामा समेत मुलुकको राजनीतिक नेतृत्व संवेदनशील बन्न नसकेको डा. आचार्यले उल्लेख गरेका छन्।

    डा. आचार्यले फेसबुकमा लेखेका छन्, ‘मुलुक नयाँ रोगबाट सङ्क्रमित छ। गरीब, असहाय,राजनीतिक शक्तिमा पहुँच नभएका जनता अति आवश्यकीय स्वास्थ्य सेवा र अस्पतालको पहुँचबाट समेत बञ्चित छन।
    ओली जस्तो नैतिक चरित्रहीन मान्छे विश्वमा छैन – डा• भीमार्जुन आचार्य – Ujyalo Yatra

    यस्तो भयावहको अवस्थामा जनताका पिर मर्काका बारेमा चिन्तित र संवेदनशील हुनु त कता हो कता एउटा सभ्य समाज र राजनीतिमा कल्पना पनि गर्न नसकिने तरीकाले सत्ता जोगाउने र फाल्ने घृणित खेलहरू जारी छन। लोकतन्त्रमा सत्ता केवल वैध तौरतरिकाबाट मात्र प्राप्त हुन्छ। सञ्चालन पनि सोही अनुसार नै हुनु पर्दछ। र, यसको उद्देश्य पनि वैध नै हुनु पर्दछ । आफ्ना अनैतिक, अराजनैतिक,अपवित्र एबम् अवैध स्वार्थको रक्षाका लागि जेसुकै र जस्तो सुकै हर्कतबाट सत्ता जोगाउने वा सत्ता फाल्ने छुट राज्यसञ्चालकलाई लोकतन्त्रमा हुँदैन।

    समाज र मुलुकको पवित्रताका लागि कुनै पनि मूल्य नभएको वा नैतिकता शून्य राजनीति वा नेतृत्व हुनु भन्दा त्यस्तो राजनीति अस्तित्व मै नहुनु बढी श्रेयस्कर हुन्छ। यसबारेमा गम्भीर बनौँ । सरकारको असंवेदनशील रबैयाको साक्षी नबसौ। आआफ्नो तरीकाले आवाज उठाऔं।’

    सविधानविद् डा. आचार्यले फेसबुकमा लेखेका छन् –

    मुलुक कोभिडबाट पुरै सङ्क्रमित छ। गरीब, असहाय,राजनीतिक शक्तिमा पहुँच नभएका जनता अति आवश्यकीय स्वास्थ्य सेवा र अस्पतालको पहुँचबाट समेत बञ्चित छन। यस्तो भयावहको अवस्थामा जनताका पीर मर्काका बारेमा चिन्तित र संवेदनशील हुनु त कता हो कता एउटा सभ्य समाज र राजनीतिमा कल्पना पनि गर्न नसकिने तरीकाले सत्ता जोगाउने र फाल्ने घृणित खेलहरू जारी छन। लोकतन्त्रमा सत्ता केवल वैध तौरतरिकाबाट मात्र प्राप्त हुन्छ। सञ्चालन पनि सोही अनुसार नै हुनु पर्दछ। र, यसको उद्देश्य पनि वैध नै हुनु पर्दछ । आफ्ना अनैतिक, अराजनैतिक,अपवित्र एबम् अवैध स्वार्थको रक्षाका लागि जेसुकै र जस्तो सुकै हर्कतबाट सत्ता जोगाउने वा सत्ता फाल्ने छुट राज्यसञ्चालकलाई लोकतन्त्रमा हुदैन । समाज र मुलुकको पवित्रताका लागि कुनै पनि मूल्य नभएको वा नैतिकता शून्य राजनीति वा नेतृत्व हुनु भन्दा त्यस्तो राजनीति अस्तित्व मै नहुनु बढी श्रेयस्कर हुन्छ। यसबारेमा गम्भीर बनौँ । सरकारको असंवेदनशील रबैयाको साक्षी नबसौ। आआफ्नो तरीकाले आवाज उठाऔं ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij