प्रकाशित मिति : मङ्लबार, बैशाख २८, २०७८
काठमाडौँ, २७ वैशाख :प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभामा राखेको विश्वासको मतमाथिको प्रस्तावमा एमाले नेता माधवकुमार नेपाल पक्षका २८ जना सांसदले मतदान नगरेर विश्वासघात गरेपछी प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले कडा स्टाटस लेख्दै नाम सार्वजनिक गर्नुभएको छ ।
हेर्नुस थापाको स्टाटस
केही मान्छेहरूकाे जिन्दगी विराेधाभाषले भरिएको र राेचक पाइन्छ,आफ्नै पार्टीकाे सरकारविरुद्ध राजीनामा दिने हल्ला गर्छन्, सांसदहरूलाई तिनैले विराेधमा उकास्छन्, तथानाम बाेल्छन्, अहाेरात्र पार्टी कब्जा, विखण्डन र विभाजनको कृत्य गर्छन् र पार्टी एकताकाे आँसु पनि झार्दै तिनैले वार्ता गरेका कलाबिहीन नाटक पनि गरेका देखिन्छन् ! सायद यस्तैलाई पाखण्डीपन भनिन्छ हाेला?
आज वैशाख २७ गते
पार्टी ह्वीप उल्लंघन गर्नेहरू –
१. योगेश भट्टराई
२. झलनाथ खनाल
३. पवित्रा निरौला खरेल
४. भवानी खापुङ
५. जयकुमार राई
६ . यज्ञराज सुनुवार
७. गणेश पहाडी
८. विरोध खतिवडा
९. कृष्णलाल महर्जन
१०. माधवकुमार नेपाल
११. जीवनराम श्रेष्ठ
१२. नारायण खतिवडा
१३. घनश्याम भुसाल
१४. गोकर्ण विष्ट
१५. सोमप्रसाद पाण्डे
१६. मेटमणी चौधरी
१७. झपट रावल
१८. भीमवहादुर रावल
१९. दिपकप्रकाश भट्ट
२०. सुरेन्द्र पाण्डे
२१. रामकुमारी झाँक्री
२२. सरला यादव
२३. पुष्पाकुमारी कर्ण
२४ं कल्याणी खड्का
२५.निरादेवी जैरु
२६. कलिला खान (उपस्थित भएर भाेट नहालेकी !)
२७. लक्ष्मीकुमारी चौधरी
२८. मुकुन्द न्यौपाने
अब त वास्तविक मुहार स्पष्ट भयाे नि !
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij