आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

महोत्तरीमा प्रहरी जवान मृत फेला

  • प्रकाशित मिति : मङ्लबार, बैशाख २८, २०७८



  • जनकपुरधाम । महोत्तरीको सम्सी गाउँपालिकास्थित प्रहरी चौकीमा कार्यरत एकजना प्रहरी जवान मंगलबार मृत अवस्थामा फेला परेका छन् ।

    गाउँपालिकाको वडा नम्बर ७ स्थित आँपको बगैँचामा २५ वर्षका प्रहरी जवान जितेन्द्र साह मृत अवस्थामा फेला परेको महोत्तरीका प्रहरी प्रवक्ता प्रकाश बिष्टले जानकारी दिए । साह आँपको रूखमा नाइलनको डोरीले पासो लगई झुण्डिएको अवस्थामा मृत फेला परेको बिष्टले बताए ।

    ‘प्रहरी चौकीदेखि ७ सय मिटरको दूरीमा रहेको आँपको बगैचामा उनी झुण्डिएको अवस्थामा मृत फेला परेका छन्’ बिष्टले भने, “प्रारम्भिक अनुसन्धान अनुसार उनले आत्महत्या गरेको जस्तो देखिएपनि पोष्टमार्टमको रिपोर्ट नआउन्जेल केहि भन्न सकिन्नँ ।’

    पर्सा जिल्लाको बहदुरबामाई नगरपालिका वडा नम्बर १ घर भएका प्रहरी जवान पछिल्लो ७ महिना यता सम्सी प्रहरी चौकीमा कार्यरत थिए ।

    प्रहरीका अनुसार मृत फेला परेका साहको आगामी जेठ ९ गते विवाह तय भएको थियो । घट्ना सम्बन्धमा अन्य अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij