आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

नयाँ सरकार बनाउन माधव समूहको सहयोग खोज्ने कांग्रेसको निर्णय

  • प्रकाशित मिति : मङ्लबार, बैशाख २८, २०७८



  • काठमाडौं । नेपाली कांग्रेसले नयाँ सरकार गठनका लागि जसपासँगै नेकपा एमालेको असन्तुष्ट पक्षको सहयोग खोज्ने भएको छ ।

    कांग्रेस पदाधिकारीहरुको मंगलबार बसेको बैठकले राष्ट्रपतिले दिएको समयसीमाभित्र दुई वा दुईभन्दा बढी दलको सरकार गठनको प्रयास गर्ने निर्णय गरेको छ । त्यसका लागि सिंगो जसपाका साथै एमालेको असन्तुष्ट समूहको पनि सहयोग जुटाउन प्रयास गर्ने कांग्रेस सहमहामन्त्री डा. प्रकाशशरण महतले जानकारी दिए ।

    उनका अनुसार माओवादी केन्द्र कांग्रेसको नेतृत्वमा सरकार गठन गर्न सहमत छ भने जसपाका अध्यक्ष उपेन्द्र यादव पनि तयार छन् । डा. महतले भने, ‘समग्रमा जसपा एकजुट भएर यो अभियानमा सामेल होस् भने चाहन्छौं त्यसका लागि हाम्रो सम्पूर्ण प्रयत्न हुन्छ ।’

    तीन दल एकठाउँमा आए स्वत: बहुमत पुग्ने र त्यसो नभए अरु तरिका पनि रहेको उनले बताए ।

    एमालेभित्र पनि असन्तुष्ट रहेको र माधवकुमार नेपाल समूह मतदानमा सहभागी नभएको भन्दै उनले भने, एमालेभित्र पनि असतुष्टि छ, उहाँहरु पनि केही निर्णयमा पुग्न सक्नहुन्छ ।’

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij