आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

अन्तर्राष्ट्रिय समुदायलाई प्रधानमन्त्रीको अपिल : हामीलाई सहयोगको खाँचो छ

  • प्रकाशित मिति : मङ्लबार, बैशाख २८, २०७८



  • मैले यो लेख्दै गर्दा मेरो मुलुक कोरोना महामारीको नयाँ र घातक लहरको सामना गरिरहेको छ । बढ्दै गरेको कोराना संक्रमणको कारण हाम्रा साहसी डाक्टर, नर्स, अन्य स्वास्थ्यकर्मी, स्वयं सेवक र समग्र स्वास्थ्य सेवामाथि नै अहिले गम्भीर चुनौती थपिएको छ ।

    नेपालको इतिहास कठिनाइ र संघर्षपूर्ण रहँदै आएको छ । तर पनि यो महामारीले हामीलाई अन्तिम सीमामा पुर्‍याएको छ । कोरोना संक्रमितको संख्याले स्वास्थ्य प्रणालीमाथिको दबाब बढाएको छ । आवश्यक परेका बिरामीले अस्पतालमा बेड पाउन सकेका छैनन् ।

    संक्रमणको ग्राफ उकालो लागिरहेको छ र संक्रमण पुष्टि हुने दर पनि बढ्दो क्रममा छ । पछिल्लो केही दिनयता दैनिक करिब आठ हजार नयाँ संक्रमित भेटिइरहेका छन् । यो संख्या करिब तीन करोड जनसंख्या रहेको मुलुकमा निकै धेरै हो । यद्यपि हाम्रो संक्रमितको मृत्युदर भने तुलनात्मक रुपमा कम छ । महामारीको समयमा अहिलेसम्म (लेख्दाको समय) सम्म गुमाएको ३ हजार ७२० जनाको ज्यान हाम्रा लागि निकै मूल्यवान छ ।

    यो महामारीबाट मानिसहरुलाई बचाउन मेरो सरकारले रोकथाम र उपचारको क्षेत्रमा सबैभन्दा राम्रो सम्भाव भएसम्मको प्रयास चालिरहेको छ । संक्रमण नियन्त्रणको लागि राम्रोसँग अध्ययन गरेर विशेषगरी सहरी क्षेत्रमा लगाइएको सामाजिक गतिविधिमाथिको प्रतिबन्ध र सार्वजनिक सचेतनाका कार्यक्रम अहिले चलिरहेको छ ।

    हामी अक्सिजन सपोर्ट र आईसीयू चाहिने बिरामीको उपचारमा कुनै कमी नहोस् भन्ने सुनिश्चित गर्ने प्रयास गरिरहेका छौं । हामीले परीक्षण, ट्रेसिङ र उपचार केन्द्रको विस्तार गर्नको लागि कदम चालेका छौं ।

    यद्यपि स्रोत तथा पूर्वाधार अभावको कारण यो महामारी थेग्न नसक्ने अवस्थामा पुगेको छ । त्यसैले म अन्तर्राष्ट्रिय समुदायसँग मानिसहरुको ज्यान बचाउने हाम्रो प्रयासमा सहयोग गर्न हामीलाई खोप, परीक्षण गर्ने उपकरण, अक्सिजन किट्स, सघन उपचारका औषधि र उपकरणहरु सहयोगको लागि आग्रह गर्छु । हाम्रो अहिलेको तत्कालको लक्ष्य भनेको बचाउन सकिने मानिसलाई मृत्युको मुखमा पर्न नदिनु हो ।

    बेलायतको कुरा आउँदा हामीलाई यो कठिन अवस्थामा एकजुट हुने अपेक्षा पनि धेरै छ । जुन हामीलाई निकट ऐतिहासिक सम्बन्धको कारण प्राप्त भएको छ । हामी हजारौं माइल टाढा रहेका मुलुक हौं तर हाम्रो सम्बन्ध निकै बलियो र प्रगाढ छ । यो सम्बन्ध एकअर्काको मुलुकका मानिसहरुको सम्बन्धको कारण अझै बलियो भएको छ । अन्त्यमा हामी एक पारस्परिक रुपमा जोडिएको विश्वमा छौं, यो रोगको सबैलाई असर पार्छ । सबै सुरक्षित नहुँदासम्म कोही पनि सुरक्षित हुन सक्दैन ।

    यो महामारीले एकपटक फेरि विश्वका धनी र गरीबबीचको अन्तरलाई उजागर गरेको छ । यो अन्तर सबैलाई खोप, चिकित्सकीय सामग्री र उपचारमा पहुँच पुर्‍याउँदै कम गर्न सकिन्छ । विश्वका गरीब मुलुकमा बस्ने अर्बौं मानिसलाई आफूहरुले कहिले कोरोनाको खोप पाउने हो भन्ने थाहा छैन । यी मुलुकलाई ऐक्यवद्धताको खाँचो छ ।

    अन्तर्राष्ट्रिय सहयोगको मामिलामा जी–७ का मुलुकको अध्यक्षता गरिरहेको र मानव कल्याणको उपाधि जितेको बेलायत अहिले महत्वपूर्ण भूमिका निर्वाह गर्न सक्ने अवस्थामा छ । बेलायतले आफ्नो प्रभाव देखाउँदै विश्वमा सबैभन्दा धेरै आवश्यकता भएका मुलुकमा कोरोना खोप पुर्‍याउन जी–७ का मुलुकलाई खोप आपूर्तिको लागि मनाउन सक्छ भन्ने नेपालको विश्वास छ ।

    सन् २०२१ मा हुन गइरहेको जलवायु सम्मेलनको आयोजक मुलुकसमेत रहेको बेलायतले महत्वाकांक्षी जलवायु सम्झौता गर्ने विश्वास मेरो मुलुकलाई छ । उक्त सम्झौतामा जलवायु परिवर्तनको कारण समस्यामा परेका मुलुकलाई वित्तीय सहयोग र क्षमता अभिवृद्धिलाई प्राथमिकता दिइनेछ ।

    हिमालहरुमा अहिले हिउँ पग्लिने क्रम बढेको छ । जसको कारण बाढीजस्ता प्राकृतिक समस्या बढ्न सक्छ । जसको कारण नेपालले आफैंले कुनै गल्ती नगर्दा पनि जलवायु परिवर्तनको नतिजा भोगिरहेको छ । महामारीको कारण हामीले प्रमुख संवाद मञ्च सगरमाथा संवाद स्थगित गर्नुपरेको छ । यसले जलवायु परिवर्तन र हिमश्रृङ्खलाको संरक्षणमा आफ्नो ध्यान केन्द्रित गर्नेछ ।

    हाम्रा शेर्पाहरु हिमाल चढ्दा गाह्रो भएका हिमाल आरोहीलाई आफ्नो अक्सिजन दिएर बचाउने मानिसको रुपमा चिनिन्छन् । अहिले कोरोनाले हाम्रो मुलुकलाई सास फेर्न गाह्रो बनाइरहेको छ र हामी अन्तर्राष्ट्रिय समुदायमा त्यस्तै ‘शेर्पा’ खोजिरहेका छौं ।

    हामी अहिले विश्वभरका हाम्रा मित्रराष्ट्रसँग तत्काल आवश्यक चिकित्सकीय सामग्री, जीवन बचाउने औषधि र खोप उपलब्ध गराउन आग्रह गरिरहेका छौं । दुई चुनौतीहरु जलवायु परिवर्तन र महामारीबाट बाहिर आउने एकमात्र बाटो एकता हो । बाहिर आउने एकमात्र बाटो विश्वलाई नै एक परिवारको लिँदै एकसाथ लड्नु हो ।

    द गार्डियनबाट

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij