आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

डोटीमा १२ स्वास्थ्यकर्मीमा कोरोना संक्रमण पुष्टी

  • प्रकाशित मिति : बुधबार, बैशाख २९, २०७८



  • डाेटी । कोरोना नियन्त्रण तथा रोकथामका लागि अग्रपङ्क्तिमा खटिने जिल्लाका १२ स्वास्थ्यकर्मीमा कोरोना सङ्क्रमण देखिएको छ। जिल्ला स्वास्थ्य कार्यालयका परिवार नियोजन निरीक्षक सूर्य विष्टले जिल्लामा अहिलेसम्म कम्तीमा पनि १२ स्वास्थ्यकर्मीमा कोरोना सङ्क्रमण पुष्टि भएको जानकारी दिए। उनका अनुसार सङ्क्रमितमध्ये एक हेल्थ असिस्टेन्ट तथा अन्य अनमी छन्। सङ्क्रमित स्वास्थ्यकर्मी सबैलाई होम आइसोलेशनमा राखिएका छन् । उनीहरुको अवस्था जटिल नभएको बताइएको छ।

    जिल्ला स्वास्थ्य कार्यालयका अनुसार यहाँका जोरायलमा दुई, केआइसिंहमा तीन, आदर्शमा चार, बडिकेदारमा एक तथा पूर्वीचौकी गाउँपालिकामा दुई गरी १२ स्वास्थ्यकर्मीमा कोरोना सङ्क्रमण देखिएको छ। स्वास्थ्यकर्मीमा कोरोना सङ्क्रमण देखिएपछि यहाँका नागरिकलाई उपचार सेवा पाउन सकस भएको छ । कोरोना सङ्क्रमितको उपचारमा खटिने स्वास्थ्यकर्मीलाई नै सङ्क्रमण भएपछि अन्य बिरामीको उपचारमा समस्या भएको जिल्ला अस्पतालका फोकल पर्सन राजेन्द्र फुलाराले बताए।

    यसैगरी, जिल्लाको जोरायल गाउँपालिका–५ गड्सेरामा रहेको इलाका स्वास्थ्य कार्यालयका दुई कर्मचारीमा कोरोना सङ्क्रमण देखिएको छ । कर्मचारीमा सङ्क्रमण देखिएपछि उक्त स्वास्थ्य संस्थाले प्रदान गर्दै आएको आकस्मिकबाहेकका अन्य सबै सेवा बन्द गरेको अनमी विधि भण्डारीले बताए। उनले भने, “संस्थामा काम गर्ने दुई स्वास्थ्यकर्मीमा कोरोना पुष्टि भएको छ, आकस्मिकबाहेकका अन्य सेवा हामीले बन्द गरेका छौँ।”

    उक्त स्वास्थ्य कार्यालयले एक सूचना सार्वजनिक गरी आगामी जेठ २ गतेसम्मका लागि आकस्मिकबाहेकका अन्य सबै सेवा बन्द गरेको जनाएको छ । स्वास्थ्य कार्यालयले सेवा बन्द गरेपछि स्वास्थ्य संस्थामा आउने दीर्घरोगी तथा सामान्य रुघाखोकी तथा ज्वरो आएका बिरामीलाई उपचारमा समस्या भएको स्थानीयवासी बताउँछन्।रासस

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij