आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

महन्थ ठाकुरले सांसदलाई लगे भक्तपुरको रिसोर्टमा

  • प्रकाशित मिति : बिहिबार, बैशाख ३०, २०७८



  • जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरले आफू पक्षीय सांसदहरूलाई भक्तपुरको एक रिसोर्टमा भेला गरेका छन्।

    भेलामा सहभागी एक सांसदका अनुसार १४ जना सहभागी भएका छन्।

    ‘अहिलेसम्म १४ जना भेला भएका छौं। अझै ४/५ जना आउँदै हुनुहुन्छ भन्ने सुनेको छु,’ ती सांसदले भने,’हामी बबरमहलमा भेट हुने भनेका थियौं। फेरि यतै खाना खाएर गफ गर्ने भनेर आइएको हो।’

    भक्तपुरको बारेमा आफूलाई धेरै थाहा नभएकाले रिसोर्टबारे बताउन नसक्ने उनले बताए।

    दुई वा दुई भन्दा बढी दल मिलेर सरकार बनाउनका लागि राष्ट्रपतिले आजसम्मको समय दिएकाले ठाकुरले आफ्ना सांसद भक्तपुर लगेका हुन्। ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतो वर्तमान प्रधानमन्त्री केपी ओलीको निरन्तरताको पक्षमा छन्। संघीय परिषद अध्यक्ष बाबुराम भट्टराई र अध्यक्ष उपेन्द्र यादव ओलीलाई हटाउने पक्षमा छन्।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij