आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

हाम्रो अडान यथावत छ : भीम रावल

  • प्रकाशित मिति : शुक्रबार, बैशाख ३१, २०७८



  • काठमाडौं । नेकपा एमालेका नेता भीम रावलले मुलुकको राजनीतिले दिशा परिर्वतन गरिनसकेको बताएका छन् । शुक्रबार संघीय संसद भवन नयाँ बानेश्वरमा कोभिड १९ विरुद्धको खोप लगाएर बाहिरिँदै गर्दा सञ्चारकर्मीलाई संक्षिप्त प्रतिक्रिया दिँदै उनले आन्तरिक व्यवस्थापनका दृष्टिले स्थिति केही फेरबदल भएपनि मूलभूत फेरबदलको अनुभूति हुनका लागि अझै मेहनत गर्नुपर्ने अवस्थामा नै राजनीति रहेको बताएका हुन् ।

    उनले भने,‘हाम्रो देशको राजनीतिको जुन अवस्था छ, राजनीतिले दिशा परिर्वतन गरिसकेको अवस्था छैन । यद्यपि त्यसलाई राजनीतिक दलहरूको दृष्टिकोणबाट,आफ्ना आन्तरिक व्यवस्थापनको दृष्टिकोणबाट अलिकति स्थितिमा फेरबदल भएको मान्छेलाई लाग्न सक्छ तर त्यसमा मूलभूत फेरबदल भएर साँच्चिकै कोरोनाको महामारी छ,अरु जनताका समस्याहरु छन्,राजनीति त्यतातिर केन्द्रीत भएर नेपालको संविधानले परिकल्पना गरेको सरह, हामी जनताले परिकल्पना गरेको कुरा, त्यतातर्फ कसरी जाने भन्नेमा अझै मेहनेत गर्नुपर्ने देखिन्छ ।”

    आफ्नै पार्टीका अध्यक्षलाई असहयोग गर्न प्रधानमन्त्रीले विश्वासको मत लिने दिन प्रतिनिधिसभामा अनुपस्थित भएका नेपाल–खनाल पक्षले फेरि प्रधानमन्त्रीसँग सहमति गरि संयुक्त सरकार गठनमा असहयोग गरेपछि एमाले भित्रको संकट निवारण भएको हो भन्ने सञ्चारकर्मीको प्रश्नमा उनले आफुहरुको अडान यथावत रहेको प्रतिक्रिया दिए । बिहिबार अध्यक्ष एवम् प्रधानमन्त्री केपी ओलीसँग भएको वार्तामा केही सकारात्मक कुरा भएपनि त्यसले आकार नलिइसकेको प्रतिक्रिया उनले दिए ।

    उनले भने, “हामी अहिले पनि कानूनी शासन मान्ने पद्धति अनुरुप देश, विभिन्न संगठनहरु विशेष गरी राजनीतिक दलहरु चल्नुपर्छ भन्ने मान्यता राख्ने भएको हुनाले नवौं राष्ट्रिय महाधिवेशनको निर्णय र मार्गनिर्देशन बमोजिम केन्द्रीय कमिटी यथावत रहनुपर्दछ र अमिल्दा कुराहरु रद्द भएर पार्टी स्वभाविक रुपमा अघि जानुपर्छ भन्ने मान्यतामा हामी कायमै छौ । यस सन्र्दभमा हिजो जे जति कुराहरु भए ती कुराहरुमा केही सकारात्मक कुराहरु अवश्य भएका छन् । त्यसले ठोस आकार ग्रहण गर्न अझै बाँकी छ ।”

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij