आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

कोरोनाले सुदूरपश्चिममा एक महिनामा २५९ जनाको मृत्यु

  • प्रकाशित मिति : आइतवार, जेष्ठ २, २०७८



  • डाेटी। दोस्रो चरणको कोरोना भाइरसको सङ्क्रमणका कारण सुदूरपश्चिम प्रदेशमा गएको वैशाख महिनामा कम्तीमा २५९ जनाको मृत्यु भएको छ।

    सुदूरपश्चिम स्वास्थ्य निर्देशनालय दिपायलका स्वास्थ्य निर्देशक डा गुणराज विष्टका अनुसार वैशाख १८ गते १०, १९ गते १२, २० गते १४, २१ गते आठ, २२ गते नौ, २३ गते १७, २४ गते १३, २५ गते १५, २६ गते १८, २७ गते १७, २८ गते ३१, २९ गते १४, ३० गते १७ र ३१ गते ३० जना सङ्क्रमितको मृत्यु भएको हो।

    स्वाथ्य निर्देशनालयका अनुसार सबैभन्दा बढी कैलाली र कञ्चनपुरका सङ्क्रमितको मृत्यु भएको छ। सुदूरपश्चिममा अधिकांशले अक्सिजन नपाएका कारण ज्यान गुमाउनुपरेको स्वाथ्यकर्मीको भनाइ छ।

    कोरोना भाइरस शुरु भएदेखि हालसम्म यस प्रदेशमा ३१७ जनाको मृत्यु भएको छ। सुदूरपश्चिम स्वास्थ्य निर्देशनालयका अनुसार वैशाखको अन्तिम हप्ता कोरोनाबाट धेरैले ज्यान गुमाएका छन् । पछिल्लो पाँच दिनमा मात्रै कोरोनाबाट १०९ जनाको मृत्यु भएको छ।

    यहाँका अस्पतालमा अक्सिजन नपाउँदा तथा कोरोना सङ्क्रमित भएका बिरामी समयमै राम्रो अस्पतालसम्म पुग्न नसकेका कारण ज्यान गुमाउन बाध्य भएको निर्देशनालयको तथ्याङ्कमा उल्लेख गरिएको छ। रासस

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij