आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

हेलिकप्टर पाइलटले गरे सगरमाथा आरोहण

  • प्रकाशित मिति : आइतवार, जेष्ठ २, २०७८



  • काठमाडौं । नेपालमै पहिलो पटक हेलिकप्टर पाइलटले सगरमाथा आरोहण गरेका छन् । हेली एभरेष्ट प्रालिका पाइलट कृष्णप्रसाद गौचन (सोवित)सहित दुईजना हेली एभरेष्टका निर्देशकहरुले सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेका हुन् ।

    कम्पनीका मार्केटिङ निर्देशक टाशी लाक्पा शेर्पा, अपरेशन निर्देशक एवम् पाइलट कृष्णप्रसाद गौचन (सोवित) र प्रमोशन निर्देशक फुर्वा छिरिङ शेर्पाले सगरमाथाको सफल आरोहण गरेका छन् ।

    ‘अन्य पाइलटहरुले सगरमाथा आरोहण गरेको थाहा भएन, तर नेपाली पाइलटले भने पहिलो पटक सगरमाथा आरोहण गरेकाले निकै खुसी लागेको छ,’ हेली एभरेष्टका प्रबन्ध निर्देशक फूर्वा ग्याल्जेन शेर्पाले भने ।

    टाशी शेर्पा प्रख्यात आरोही हुन् भने गौचन सगरमाथा आरोहण गर्ने पहिलो पाइलट भएका छन् ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij