प्रकाशित मिति : मङ्लबार, जेष्ठ ४, २०७८
काठमाडौं । गृहमन्त्री रामबहादुर थापा बादलले राष्ट्रिय सभाका निर्वाचनका लागि एमाले वरिष्ठ नेता माधव कुमार नेपालसँग नेपाल निवास कोटेश्वर पुगेर सहयोग मागेका छन् ।
मंगलबार बादल नेता नेपालसँग नेपाल निवास कोटेश्वर पुगेर सहयोग मागेका हुन् । बादलले सहयोग मागे पनि नेपालले भने कुनै जवाफ दिएका छैनन् ।
जेठ ६ गते राष्ट्रिय सभाको उपनिर्वाचन हुँदैछ । २०७४ मा एमाले–माओवादी गठबन्धनबाट निर्वाचन लडेका बादलको कार्यकाल ६ वर्षको थियो । २०७७ फागुन २३ गते सर्वोच्च अदालतले एमाले–माओवादी एकता भंग गरिदिएसँगै बादल एमाले प्रवेश गरेका हुन् ।
बादल एमाले बनेपछि उनको पूर्व पार्टी माओवादीले कारबाही गरेको हो । अहिले बादल एमालेको तर्फबाट उम्मेदवार बनेका छन् भने विपक्षी (कांग्रेसमाओवादी) गठबन्धनको तर्फबाट खिमलाल देवकोटा उम्मेदवार बनेका छन् । एमाले पृष्ठभूमिका देवकोटालाई माधव नेपाल पक्षको समर्थन छ ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij