आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

महिला कर्मचारीसँगको लसपसबारे बिल गेट्समाथि छानविन !

  • प्रकाशित मिति : मङ्लबार, जेष्ठ ४, २०७८



  • काठमाडौं । सन् २०२० मा माइक्रोसफ्ट कम्पनीको बोर्ड अफ डाइरेक्टर्सबाट राजीनामा दिएका बिल गेट्सको राजीनामा प्रकरणका पछाडि माइक्रोसफ्टकी एक महिला कर्मचारीसँगको सम्बन्ध कारक रहेको खुल्न आएको छ ।

    ती महिला कर्मचारीसँगको रोमान्टिक सम्बन्धका विषय छानविनका लागि माइक्रोसफ्टले एक ल फर्मलाई जिम्मा दिएसँगै गेट्सले कम्पनीको बोर्ड अफ डाइरेक्टर्सबाट राजीनामा दिएको वाल स्ट्रिट जर्नलमा प्रकाशित समाचारमा उल्लेख गरिएको छ ।

    उक्त घटनासँग जानकार स्रोतहरुलाई उद्धृत गर्दै आइतबार प्रकाशित समाचारमा माइक्रोसफ्टकी ती इन्जिनिर कर्मचारीले आफू र गेट्सबीच वर्षौंदेखि यौन सम्बन्ध कायम रहेको दाबी गरेकी थिइन् ।

    उक्त विषयमा छानविन हुँदै गर्दा कतिपय बोर्ड सदस्यहरुले छानविन टुंगोमा नपुगुन्जेल आरोपित व्यक्ति बिल गेट्स बोर्ड सदस्यमा बसिराख्नु उपयुक्त नहुने धारणा व्यक्त गरेका थिए । तत् पश्चात् बोर्डको छानविन पूरा नहुँदै गेट्सले राजीनामा दिएका थिए ।

    वालस्ट्रिट जर्नलमा बिल गेट्ससँग सम्बन्धमा रहेको भनिएकी ती महिला कर्मचारीको नाम खुलाएको छैन ।

    सन् २०१९ को उत्तरार्धतिर माइक्रोसफ्ट कम्पनीमा एक पत्र प्राप्त भएको र त्यसमा सन् २००० मा माइक्रोसफ्टकी एक कर्मचारीसँग बिल गेट्सले अन्तरंग सम्बन्ध कायम गर्नका लागि प्रस्ताव गरेको दाबी गरिएको थियो । कम्पनीमा सो विषयको पत्र प्राप्त भएको कुरा माइक्रोसफ्टका प्रवक्ताले स्विकार गरेका सिएनएनले उल्लेख गरेको छ ।

    प्रवक्ताले भनेका छन्– बोर्डले गठन गरेको एक कमिटीले उक्त पत्रमा दाबी गरिएको विषयमा समीक्षा गर्यो र त्यसको विस्तृत छानविनका लागि एक बाह्य ल फर्मको सहयोग लिइयो । छानविन अवधिभर नै माइक्रोसफ्टले उक्त विषय उठान गर्ने कर्मचारीलाई पूर्ण सहयोग गरेको थियो ।

    माइक्रोसफ्टकी कर्मचारीसँग बिल गेट्सको सम्बन्ध रहेको कुरा स्वयं गेट्सका प्रवक्ताले पनि स्वीकार गरेका छन् । उनले भनेका छन्– यो २० वर्षअघिको सम्बन्धको कुरा हो, जुन सौहार्दपूर्ण रुपमा अन्त्य भयो । माइक्रोसफ्टको बोर्डबाट बाहिरिने बिल गेट्सको निर्णयसँग यो विषयको कुनै पनि सम्बन्ध छैन । वास्तवमा धेरै वर्ष अगाडि सुरु भएको आफ्नो लोककल्याणकारी अभियानमा बढी समय बिताउने इच्छा बिल गेट्सले व्यक्त गरेको हुनाले उनी माइक्रोसफ्टको बोर्ड अफ डाइरेक्टर्सबाट बाहिरिएका हुन् ।

    स्मरण रहोस् केही दिन अगाडि मात्रै न्युयोर्क टाइम्सले समेत बिल गेट्समाथि यस्तै आरोप सहितको समाचार प्रकाशित गरेको थियो । न्युयोर्क टाइम्समा छापिएको समाचार अनुसार बिल गेट्सले माइक्रोसफ्ट तथा बिल एण्ड मेलिन्डा गेट्स फाउन्डेसनमा काम गर्ने कतिपय महिलाहरुलाई पछ्याउने गरेको दाबी गरिएको थियो ।

    तर बिल गेट्सका प्रवक्ताले भने हालैमात्र बिल गेट्सको सम्बन्ध विच्छेद भएको समय र परिप्रेक्ष्यमा गेट्सका विषयमा मनगढन्ते तथा झुटा समाचारहरु छापिनु निकै दुःखद विषय भएको बताएका छन् ।

    बिल गेट्सको बारेमा खासै जानकारी नै नभएका मानिसहरुलाई श्रोत बनाएर समाचार छापिरहनु दुर्भाग्यपूर्ण रहेको र बिल गेट्सले आफ्ना कर्मचारीहरुलाई दुर्व्यवहार गरेको कुरा पनि झुटो रहेको उनको दाबी छ ।

    उता बिल गेट्स र उनकी पूर्वपत्नी मेलिन्डा गेट्सले स्थापना गरेको बिल एण्ड मेलिन्डा गेट्स फाउन्डेसनले सोमबार एक विज्ञप्ती प्रकाशित गर्दै कुनै बेनामे पूर्व कर्मचारीले सञ्चार माध्यममा लगाएका आरोपहरु देखेको जनाएको छ । तर बिल गेट्सका विषयमा हालसम्म कुनैपनि औपचारिक उजुरी फाउन्डेसनमा प्राप्त नभएको भन्दै फाउन्डेसनमा सहअध्यक्ष र संरक्षकको रुपमा बिल गेट्सको भूमिका यथावत रहेको प्रष्ट पारेको छ ।

    विज्ञप्तीमा फाउन्डेसनका कर्मचारी तथा अनुदान प्राप्त गर्ने पक्षले आफूमाथि अन्य कर्मचारी, अनुदान प्रदायक तथा तेस्रो पक्षले समेत यदि कुनै गैरकानूनी, अनुपयुक्त र अनैतिक व्यवहार गरेमा आफ्नो नाम गोप्य राखेर समेत उजुरी गर्नसक्ने नीति फाउन्डेसनको रहेको भन्दै त्यस्ता उजुरी प्राप्त भएमा गम्भीर रुपमा छानविन गरिने र आवश्यक कार्यवाही अगाडि बढाइने पनि उल्लेख छ ।

    सिएनएनबाट

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता
     धनुषामा ३९.३६० ग्राम खैरो हेरोइन सहित १ जना पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij