आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

सइ डिआइजी बन्दै, इन्सपेक्टरहरू डिएसपीबाटै अवकाश पाउने अवस्था

  • प्रकाशित मिति : बुधबार, जेष्ठ ५, २०७८



  • This combo image shows the logos of Nepal Police (left) and Armed Police Force of Nepal. Image: THT

    काठमाडौं । गृह मन्त्रालय र संगठनको नेतृत्व संवेदनशील नबन्दा नेपाल प्रहरी र सशस्त्र प्रहरीका अधिकारीहरूको करिअर चौपट बनेको छ । दुवै निकायमा लामो समयदेखि रिक्त पदमा बढुवा प्रक्रिया सुरु नहुँदा कर्मचारीमा नैराश्यता बढ्दै गएको छ ।

    नेपाल प्रहरीमा सइबाट इन्सपेक्टरको बढुवा चार महिनादेखि रोकिएको छ । गृह मन्त्रालयले नै चासो नदिंदा यसबाट बढुवाका आकांक्षीहरुलाई तनाव थपिएको छ । प्रहरी नियमावली संशोधन गरी कोटा बढाएर बढुवा गर्ने बताइएपछि साना तिना कुरामा अल्झन राखेर नियमावली संशोधन हुन सकेको छैन ।

    त्यो भन्दा विकराल अवस्था सशस्त्र प्रहरीमा छ । सशस्त्रमा माथिल्ला पदहरु नै सयौं रिक्त भइसकेका छन् । गृह मन्त्रालय र सशस्त्र प्रहरी नेतृत्वले बढुवालाई प्राथमिकतामा राख्द सकेको छैन । सशस्त्रमा वृत्ति विकास योजना नबन्दा इन्सपेक्टरमा भर्ना भएका अधिकृतहरू डिएसपीबाटै अवकाश पाउने अवस्था आउन लागेको छ । यस्तो अवस्थामा माथिल्लो तहका एक सयभन्दा धेरै पद रिक्त राखिएको छ ।

    विगतमा समायोजन भएका अधिकृतहरु छिटो माथिल्लो पदमा पुगेका थिए । कतिसम्म भने नेपाल प्रहरीमा सइको प्राविधिक पदमा भर्ना भई सशस्त्र प्रहरीमा समायोजन भएकाहरु डिआइजी हुन बेला भइसकेको छ । हाल एसएसपी रहेका कुमार न्यौपाने, कालीदास धौबजी, विदूर खड्का, प्रदिपकुमार पाल, लक्ष्मणबहादुर सिंह, कृष्णराज पाठक, भेषबहादुर शाह लगायत प्रहरीमा प्राविधिक सइमा भर्ना भएका हुन् । अहिले रिक्त रहेको डिआइजी पदका उनीहरु नै बढुवाको दौडधुपमा छन् ।

    हाल सशस्त्रमा डिआइजी, एसएसपी, एसपी, डिएसपीका सयौं पद रिक्त छन् । सशस्त्रमा हाल एसपीको दरबन्दी मात्र ३५ र डिएसपीको ६० वटा रिक्त छ । यति धेरै पद रिक्त राखेर तल्लो तहका प्रहरीको मनाबेल खस्काउने काम गृहले गरेको छ ।

    सशस्त्र प्रहरीमा इन्सपेक्टरबाट डिएसपी हुन अहिले नै १६ वर्ष लाग्ने अवस्था आइसकेको छ । अबका केही वर्षपछि २० वर्ष लाग्नेछ । यस्तो अवस्थामा गृहले वृत्ति विकासको कुनै योजना नै बनाएको छैन । यसबाट संगठनका दक्ष जनशक्ति बीचमै राजीनामा दिएर पलायन हुने जोखिम बढेको छ । सशस्त्रका आइजी शैलेन्द्र खनालले संगठनको तीन वर्ष नेतृत्व गर्दा पनि यति ठूलो समस्या समाधानका लागि कुशलता देखाउन सकेका छैनन्

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता
     धनुषामा ३९.३६० ग्राम खैरो हेरोइन सहित १ जना पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij