आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

अनिता हत्याको आरोपमा देवर पक्राउ

  • प्रकाशित मिति : बुधबार, जेष्ठ ५, २०७८



  •  विराटनगर । मोरङको रंगेलीमा मृत अवस्थामा फेला परेकी महिलाको हत्यामा संलग्न भएको आरोपमा प्रहरीले देवरलाई पक्राउ गरेको छ ।

    रंगेली नगरपालिका– ३ कि २४ वर्षीय अनिता यादवको हत्या संलग्न भएको आरोपमा प्रहरीले उनकै देवर १९ वर्षीय विनोद यादवलाई पक्राउ गरेको हो ।

    बुधबार बिहान पानी नरहेको नहरको बीच भागमा अनिताको शव फेला परेको थियो । शव भेटिएपछि अनुसन्धानका लागि प्रहरीले श्रीमान बेचनसहित परिवारका चारजना सदस्यलाई नियन्त्रणमा लिएको थियो ।

    प्रारम्भिक अनुसन्धानका क्रममा महिलाको हत्यामा १९ वर्षीय देवर विनोदको संलग्नता देखिएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी उपरीक्षक सन्तोष खड्काले जानकारी दिए ।

    ‘महिलाको हत्यामा देवरको संलग्नता देखिन्छ,’ प्रहरी उपरीक्षक खड्काले भने,‘प्रारम्भिक अनुसन्धानका क्रममा हत्याको कारण घर झगडा देखिन्छ ।’

    दिउँसो विवाद, बेलुका लखेटेर हत्या

    प्रहरीका अनुसार मंगलबार दिउँसो हत्या आरोपी देवर र मृतक अनिताबीच विवाद भएको थियो । बेलुका अनिता नहरको बाटो हुँदै कतै गइरहेका बेला विनोदले पछ्याए । त्यसपछि विनोदले नहरमा लडाएर धारिलो हतियार प्रहार गरेको प्रहरीको भनाइ छ ।

    मोरङका प्रहरी नायव उपरीक्षक मानबहादुर राईले भने, ‘मृतक महिला घरबाट कहाँ हिडेकी हुन भन्ने खुलेको छैन ।’

    मंगलबार बेलुका अनिता घर नफर्किएपछि आफन्तले खोजी गरेका थिए । तर बुधबार बिहान शव भेटिएपछि प्रहरीमा खबर पुगेको थियो ।

    शव भेटिएको हल्ला चलेपछि गाउँलेहरु घटनास्थलतर्फ लागेका थिए । तर हत्या आरोपी विनोद भने घटनास्थल तर्फ नगई अन्तै लागेका थिए । विनोदलाई प्रहरीले घर बाहिर लुकेर बसेको अवस्थामा पक्राउ गरेको थियो ।

    अनिता र विनोदका दाजु बेचनबीच दुई वर्षअघि विवाह भएको थियो ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij